‘झारफुके’ दाहाललाई जुत्ताको माला

२०७५ जेष्ठ ३१ गते, बिहीबार

काठमाडौं, ३० जेठ । झारफुक गरेर बच्चा बनाइदिन्छु भन्दै महिलालाई जबरजस्ती करणी गर्न खोज्ने एक जनालाई जनपरिषद् कञ्चपनुरले कारवाही गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषद्ले कञ्चनपुरका विभिन्न गाउँमा झारफुकका नाममा सर्वसाधारण ठग्दै आएका मिलन दाहाललाई विहीबार जुत्ताको माला लगाएर कारवाही गरेको हो ।
दाहाल गाउँगाउँ जाने र बिरामीलाई ठिक पार्छु भन्दै ठग्ने, बच्चा नभएका महिलालाई बच्चा बनाइदिन्छु भन्दै जंगलमा लगेर बलात्कार गर्न खोजेको, विदेशमा श्रीमान भएकी महिलालाई खतराबाट मुक्ति दिलाउने भन्दै ठग्ने गरेको गुनासो आएपछि चेतावनी स्वरुप जुत्ताको माला लगाएर कारवाही गरेको नेकपा कञ्चनपुरले जनाएको छ । दाहालले अबदेखि त्यसो नगर्ने वाचा गरेपछि छोडिएको बताइएको छ ।

प्रतिक्रियाहरु