‘झापा बिद्रोह र जनयुद्ध लडेकाहरुको नेतृत्वमा सरकार छ भन्न पनि लाज लाग्ने’

२०७५ कार्तिक २१ गते, बुधबार

काठमाडौँ, २० कात्तिक । मानवअधिकारकर्मी,पत्रकार,नागरिक समाज तथा राजनीतिकदलका अगुवाहरुले सरकारको कार्यशैलीले गणतन्त्र अाएको अनुभुती हुन नसकेको बताएका छन । उनिहरुले केन्द्र,प्रदेश एवम् स्थानीय सरकार जनभावना विपरित जान थालेको भन्दै कडा आलोचना समेत गरे । क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिको आयोजना र सिन्धुलि शाखाको संयोजनमा सिन्धुलिको गढिमा अायोजित अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले निरङकुसताको लागि लडेका मान्छे सता र सरकारमा गएपछि पञ्चायतमा भन्दा पनि निर्मम र दमनकारी बन्दै जादा गणतन्त्रको अाएको अनुभुती नभएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले सरकारले भदौ १ बाट लागु गरेको मुलुकि सँहिताले सरकार प्रेस बिरोधि बन्न खोजेको बताए । प्रेस जगतलाई सरकारले हेर्न दृष्टिकोण र गर्ने व्यवहार जति निरङकुस हुन्छ त्यति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने र बिद्रोह जन्मेर अान्दोलन हुने बताए । कार्यक्रममा बोल्ने अर्का वक्ता वार एसोसिएसनका प्रेम चन्द्र दाहालले सरकारको दमनकारी चरित्रले कानुनी व्यवसायीहरु अचम्मित भएको बताए दाहालले स्पष्ट बहुमत सहितको बहुमतको सरकार कम्युनिस्ट हौं भन्नेहरुलाई समेत बदनाम गरेको बताए । झापा बिद्रोह र १० बर्षे जनयुद्ध लडेकाका शक्ति जो जनतन्त्र,जनजिविका र राष्ट्रिय स्वाधीनता पक्षमा चर्को कुरा गर्थे उनिहरु सरकारमा गएपछि महङ्गि,कालोबजारी,तस्करी बढनु,जनताको जनजिवनलाई प्रभावित हुने गरि कर बढाउनु,दैनिक जसो प्रेटोलियम प्रदार्थमा मुल्य वृद्धि गर्नुले जनताका अधिकार प्रति सरकार कति पनि गम्भीर छैन भन्ने कुराको पुष्टि गर्छ दाहालले भने कार्यक्रममा मानवअधिकारकर्मि प्रेम रानाले विचार अास्थाका अाधारमा विभिन्न बाहाना बनाएर नागरिक लाई दुख दिनु गलत भएको बताए । गणतन्त्र अाईसकेको अवस्थामा पनि राज्यको कार्यशैली पञ्चायती जस्तो निरङकुस बन्दै जानुले कम्युनिस्ट व्यवस्थामा नया राजाहरु जन्मेको हो कि भन्ने भान भएको बताए । अधिकारकर्मि रानाले जनता सिटामोल खान नपाएर दैनिकि चलाउदै गर्दा राज्य सञ्चालकहरु अरबौ खर्चेर बिदेश उपचार गराउन जानुले कम्युनिस्ट सरकारको नैतिक मुल्य र धरातल सकिदिएको बताए ।ईन्सेक प्रतिनिधि एवम् पत्रकार मँहासघका सिन्धुली उपाध्यक्ष बिमला पाण्डले सरकारको कार्यशैलीले मिडिया जगत प्रति सरकार कठोर बन्दै गएको पुष्टि गरेको दाबी गरिन ।,बुद्धिजीवी एवम् प्रध्यापक भिमबिक्रम थापा,हरि बहादुर कार्की,नेकपाका जिल्ला नेता सविन श्रेष्ठ लगाएत कार्यक्रममा सहभागीहरुहरुले कार्यक्रममा सरकारले दिएको सबैधानिक अधिकार समेत खोसेको बताए नेपाल कम्युनिस्ट पार्टीको नेता श्रेष्ठले शान्तिपूर्ण तरिकाले भेला,सम्मेलन,छलफल गर्न पनि बन्देज गरेर सरकारले पञ्चायती व्यवस्थाको झल्को दिएको बताए ।
क्रान्तिकारी पत्रकार संगठन,नेपालले देशभर सञ्चालन गरिरहेको अभियानको क्रममा सिन्धुलिमा अायोजना गरेको हो । अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हिम विष्टले गरेका थिए भने स्वागत जिल्ला सँयोजक एसपि सौगातले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु