जेष्ठ नागरिक सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न

२०७५ आश्विन २७ गते, शनिबार

काठमाडौं, २७ असोज । नेपाल बृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र जोरपाटीले जेष्ठ नागरिक सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। जोरपाटी ८ स्थित ओसिस पार्टी प्यालेसमा आयोजित उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि ३ नम्बर क्षेत्रका प्रदेश सभा साम्सद छिरिङ्ग दोर्जे लामा त्यस्तै बिशिष्ठ अतिथिमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे लगायत अतिथिहरु ८ नम्बर वडा अध्यक्ष मनोज ढुंगाना ,७ नम्बर वडा अध्यक्ष ,त्यस्तै भूपू सेनानी तथा समाजसेवी चरित्र कुवार ,८ नम्बर वडा सदस्य सान्नानी लामा त्यस्तै कामि शेर्पा ,युवा नेता रबिन्द्र खनाल लगायतको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकाले प्रत्येक वडाबाट सहज तरिकाले बृद्द भत्ता वितरण गरिरहेको बताउदै अब जेष्ठ नागरिक मैत्री क्लब स्थापना गरी उनीहरुलाई सहज तरिकाले बस्ने रमाउने व्यवस्था नगरपालिकाले मिलाउने समेत बताए। त्यस्तै ८ नम्बर वडा अध्यक्ष मनोज ढुंगानाले वडाका बृद्दहरुलाई सम्मान स्वरुप प्रत्येक वर्ष विभिन्न ठाउमा भ्रमण लगिरहेको जानकारी गराए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार