जेरुसलम हमलामा संलग्नलाई २१ करोड अमेरिकी डलर जरिवाना

२०७१ फाल्गुन १२ गते, मंगलवार

काठमाडौं,१२ फाल्गुन । अमेरिकी अदालतले पेलेस्टेनी लिबरेशन अर्गनाईजेशन पीएलओ र पेलेस्टेनी अथोरिटी पीए बिरुद्ध २१ करोड भन्दा बढी अमेरिकी डलर जरिवाना तय गरेको छ ।सन् २००२ र २००४ मा जेरुसलममा भएको आतंकबादी हमलामा संलग्न भएको आरोपमा उक्त रकम बराबरको जरिवाना तोकेको हो ।
सो समयमा भएको ६ वटा भिन्दाभिन्दै हमलामा केही अमेरिकी नागरिक सहित ३३ जना मारिएका थिए भने सय भन्दा बढी घाइते भएका थिए ।
हमलामा मृत्यु भएका परिवारजनले पीएलओ र पीए बिरुद्ध दायर गरेको मुुद्दाको सुनुवाईका क्रममा अमेरिकी अदालतले उक्त निर्णय गरेको हो ।
यद्दपी पीएलओ र पीएले भने अमेरिकी अदालतको फैसलाप्रति आश्चर्य प्रकट गर्दै आफूहरुमाथि निराधार आरोप लगाएको भन्दै बिरोध गरेको छ । पीएलओ र पीएले संयुक्त बक्तब्य जारी गदै फैसला उल्टाउन माग गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु