जेठ ६ गते धादिङ बन्द

२०७६ जेष्ठ ३ गते, शुक्रबार

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी धादिङले आगामी जेठ ६ गते धादिङ बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै घोषणा गरेका हुन् । सेक्रेटरी बुद्धले जारीगरेको विज्ञप्तीमा भनिएको छ -‘ हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोको बन्द गरिएको हो ।’ विज्ञप्तीमा बैरेनीमा केपी ओलि लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङबन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु