जुवा खेल्दै गरेका ९ व्यावसायी रंगेहात समातिए

२०७७ जेष्ठ २० गते, मंगलवार

काठमाडौं, २० जेठ । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा व्यावसायीहरुमा सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा र भारतीय नागरिक मिक्की जोगाई (होटल संचालक) लाई पक्राउ गरेको छ । उनीहरुलाई कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा जुवा खेलीरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार ७७७ रूपैयाँ र केही क्वाइन समेत बरामद गरेकाे बताइएकाे छ । उनीहरु जुवा खेलीरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरिय प्रहरी वृत दरबार मार्गले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु