जुम्ला र सप्तरीमा कर्फ्यू हट्यो

२०७२ भाद्र २ गते, बुधबार

काठमाडौं, २ भदौ । जुम्लामा बिगत तीन दिनदेखि लागेको कर्फ्यू हटेको छ । साथै सप्तरीमा लगाइएको कर्फ्यू हटाइएपनि सवारी साधन भने चलेका छैनन् ।
हिजो भारदहमा एक जना प्रदर्शनकारीको ज्यान गएपछि सदरमुकाम राजविराज लगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जाजरकोटमा पनि प्रदर्शन कायमै छ ।
यसैबीच लगातारको बन्दले धेरै घाटा भएको भन्दै पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति भएमा देशभर गाडी चलाउन आफुहरु तयार रहेको यातायात व्यवसायीले बताएका छन् । लगातारको बन्दले अर्बौंको घाटा भैरहेको र बैंकले ऋण मिनाहा नगरिदिने भएकाले पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति भए देशचर गाडी चलाउन आफुहरु तयार रहेको उनीहरुले बताएका हुन् । देशभर बन्द हुँदा दैनिक ६०/७० करोड रुपैंयाको हाराहारीमा घाटा लाग्ने गरेको व्यवसायीले बताएका छन् ।
विभिन्न माग राखेर भैरहेको बन्दबाट यात्रुलाई सास्ती भएको र आफुहरु पनि घाटामा गएको भन्दै त्यसको निकास तत्काल खोज्न महासचिव सिटौलाले सरकारसँग आग्रह गरे । गाडी कम चल्दा र चलेका गाडी पनि गन्तव्यमा पुग्न नसक्दा यात्रुले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु