जुम्लामा खस सङग्रहालय

२०७१ मंसिर १७ गते, बुधबार


काठमाडौँ । नेपाली खस भाषाको उद्गमस्थल जुम्लामा खस सङग्रहालयको स्थापना हुने भएको छ । चन्दननाथ र भैरबनाथ मन्दिरको दिगो संरक्षण र सम्बद्र्धनका विषयमा छलफल गर्न जुम्ला आएका पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जुम्लामा खस सङग्रहालय स्थापना हुने बताए । यसै वर्षदेखि काम सुरु हुने बताउँदै उनले बिभागले २० लाख रुपैंयाँ बजेट बिनियोजन गरिसकेको बताए ।
नेपाली खस भाषको संरक्षण सम्वद्र्धन तथा खस संस्कृतिको प्रचार प्रसारका लागि सङग्रहालय बन्न लागेको उनको भनाइ छ । सङग्रहालय जुम्लाको सिंजा या सदरमुकाम कहाँ स्थापना गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताउँदे उहाँले सबैको सहमतिका आधारमा स्थान तोकिने बताए ।
सिंजा क्षेत्रलाई खस भाषाको उद्गम स्थल मानिएकोले बिभागले अवलोकन गरेर स्थान तोक्ने महानिर्देशक भेषनारायण दाहालले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार