‘जुनदिन सपनाहरूको हत्या गरियो’ – भौतिक मल्ल जंगली

२०७२ श्रावण २३ गते, शनिबार

सपना बिनाको जिन्दगी जिन्दगी रहन सक्दैन सपनाहरूको मृत्यु सबैभन्दा बढी पीडादायी हुनेगर्छ । योभन्दा बढी पीडा अरु के नै हुनसक्छ र जिवनमा जब दिनदहाडै सपनाहरूको क्रुर हत्या हुन्छ । आफनो भन्ने आफनोपन पनि हराएर जान्छ स्वाभिमान पनि बिलाएर जान्छ । जनयुद्ध एक सपना थियो सपनाहरको रंगीन टावर थियो । डिएर ! रातीको बाह्र बजेको हुँदो हो नेपाली सेनाले पुरै ब्यारेक घेरी सकेको रहेछ । ब्युझदाँ दृश्य फरक ढंगले घुमिरहेको थियो । सबै साथीहरूको मुहारमा बेग्लै खालको नैराश्यता छाएको थियो । अब के हँुदैछ हँ ? एउटा अनुत्तरित प्रश्नले फन्को माररिहेको थियो । नेपाली सेनाले पुरै डिउटी पोष्टहरू कब्जा गरीसकेको थियो । सबै कुरा कब्जा गरी सकेको थियो । परस्थिति कल्पनाभन्दा बाहिर गइसकेको थियो । अनमिनले अयोग्य ठह्रयाएका साथीहरूलाई बिदा गरेको धेरै दिन बित्ना नपाँउदै । एउटा फरकखाले परिस्थितिको सामना गर्नुपर्ने बाध्यता आईपरेको थियो । हुनत जनयुद्धको संस्कृति बलिदानको संंस्कृति हो । हरेक कुरामा बलिदान त्याग गर्नु नै हाम्रो उच्च आर्दश हो । त्याग बलिदान र सर्मपण जनमुक्ती सेनाको फलामे अनुशाषण हो । सबैका आँखाहरू बिकेन्द्रीत छन् । कतै हराएका कतै टोलाएको जस्तो निरह निरह निरस–निरस बेचैन–बेचैन कस्तो उदेक र उकुशमुकुश लाग्दो बातावरण छ लाग्छ यो क्यानटोनमेन्ट हैन कारागार हो । दश बर्षको जनयुद्धको सजाय दिन यहाँ राखिएको छ जनमुक्ति सेनालाई फरक खाले अनुभूतिले तड्पाईरहेको छ । गाडीहरू सेता, हरिया काला फरक फरक रंगका गाडी जस्तै गोरे खैरेकाला निला र सेताभूतहरूको उपस्थिति बाक्लिँदै थियो । मौसम सफा थियो तर मनले सफा पटक्कै ठम्याउन सकेको थिएन कालो बादल मडारिरहेको भान भईरहेको थियो । एउटा अनौठो नाटक मन्चन हुदैछ जनयुद्धको अस्तीत्य नामेठ पार्न कथित समायोजनका नाममा अस्तित्व हरण गरिँदै छ । आत्मसर्मपण गराईदैछ सत्ता र कुर्सीको लोभलालचमा एउटा पशुको मुल्यमा बेचिदैछ आत्मास्वाभिमान अंह कहिल्यै सोचीएन यस्तो होला भन्ने ।
डियर १ ईतिहाँस साँची छ र जनता साँची छन् हामी युद्ध जितेर आएका हौँ हारेर पटक्कै आएका हैनौँ । हाम्रो ईतिहाँस बिजयको ईतिहाँस हो । पराजयको ईतिहाँस हैन भन्नेहरूले जेसुकै भनुन नेपाली सामाजको अर्काे बिकाशको आयाम हो जनयुद्ध एक बिरताको सुन्दर महागाथा हो । जनयुद्ध एक जाजल्यमान ईतिहास हो यो जाजल्यमान ईतिहाँसका पहरेदार हुन मुक्तिसेना । । हामी यो स्विकार्न कदापी सक्दैन समायोजन र अबकाश रोज्ने अप्शनहरू दिईएको थियो । माहोल पुरै अबकाश लिनेमै थियो । कुरुप बयरघारीको बास र गोलचक्रमा फसाईएको आन्दोलनको जिबन धरापमा थियो । अक्सर आरमसँग जलिरहेको छ मन चुपचाप कसैसँग गुनाँसो सुन्ने पक्षमा पनि छैन । सुकुटी परी खुम्चीसकेका छन् सोचहरू शुन्य मनस्थितिमा छन् । जहाँ छुद र अछुदको बिभेदी बाग्मती बग्छ बाँच्नका लागी अपराधी भईन्छ । सासहरू मुर्दामा परिनत हुन्छन । त्याँहा मान्छे बन्नुको कुनै अर्थ रहने छैन । धपधपी बलिरहेको छ आत्म र जलिरहेको छ मन किन हुरी चलिरहेको छ जनमुक्ती आन्दोलनको जिउदो जिवनमा सबै ध्यानमग्ना देखिन्छन । नेपथ्यबाट फरकखाले ईतिहाँसको पुनराबृति हुँदैछ । नेता र कामाण्डरहरूलाई कुनै मतलब छैन । किनकी ब्यारेक ब्यबस्थापनको नामामा सदस्यहरूको आउने तलबबाट ठुलै रकम कुम्ल्याएका छन । गाडी घोडा र प्राडाहरू छन् निजी सम्पती जस्तै बनाएका छन् ठुल्ठुला शहरहरूमा महंगा महंगा घडेरीहरू जोडेका छन् । न उनीहरूलाई ईतिहाँसको चिन्ता छ न बर्गीय मुक्तिको चिन्ता छ । न जनताको न कार्यकर्ताको चिन्ता छ । न ब्यबस्थित समायोजनको चिन्ता छ । सिर्फ चिन्ता छ रकम कुम्ल्याउनेको चिन्ता छ । त्यतिले पुगेन भनेर अबकाश लिएका सदस्यहरूको रकम पनि काटिरहेका थिए । अन्याए गर्नुको पनि सिमा हुन्छ सिद्धिनुको पनि हद हुन्छ त्यो दृश्य देख्दा नेताहरू सबैथोकले सिद्धीसकेको भान हुन्थ्यो । हामी स्वतन्त्रता र समानताका लागी लडेका थियौँ । नयाँ संसार निमार्ण गर्ने महान अठोटका साथ लामबद्ध भएका थियौँ । यसरी क्यानटोनमेन्टलाई बधशालामा परिणत गरिएला सोचेकै थिएनौँ । हामीले लहलहैमा र रहरै रहरममा पनि बन्दुक उठाएका थिएनौँ । नेता र कमाण्डरहरू यतिसम्म स्खलित होलान भन्ने कहिल्यै सोचिएन । आखीर जुन लक्ष्य उद्देश्य प्राप्तीका लागी बन्दुक उठाएका थियौँ त्यो पुरा भएकै छैन हज्जारौँ हज्जार महान शहिदहरूका सपनाहरू पुरा भएकै छैनन् ।
डियर १– कयाँै घाईते अपाङग साथीहरू ह्वीलचिएर र सहयोगी बिना बाँच्न नसक्ने स्थिती छन् । उनीहरूलाई पनि अनमिनबाट अप्रमानित बनाईएको छ । कयौँ अयोग्य ठह¥याइएका साथीहरू घर न घाटको स्थितिमा छन । कयौँ कार्यकर्ता घरबासबिहिन छन् । फेरी सामाजिक जीबनमा फर्किन भयंकर समस्या छ । एउटा जरजर लाग्दो अत्यासलाग्दो परीबेश उभिएको थियो । साथीहरूले कोही अबकाशको लाईनमा लागिसकेका थिए कोही ढुलमुल अबस्थामा भौतारिरहेका थिए । कसैले समायोजन रोज्ने कुराको निधो गर्दै थिए । तर समायोजन रोज्नेहरू अपबाद देखिन्थे । सबैको मनमा तरलता देखिन्थ्यो । स्थायीत्य कमैमा थियो । धेरै सोचाईको बगानमा रम्दै थिए । यो दशरथपुर अस्थायी ब्यारेक हो । तल भेरी बगिरहेको छ । भेरी जस्तै यी राता मान्छेहरूका मनमा पनि बगिरहेको छ निरन्तर । भेरी नदी जस्तै अंध्यारा अत्यासलाग्दा खोचहरू पनि छन् । जीबनका खहरेहरू पनि छन् । भेलहरू पनि छन् । खोल्सा खाल्सीहरू पनि छन् । यहाँ अनेक लाग्दा प्रश्न र उत्तरहरू छन् । घरीभित्र घरी बाहिर गरिरहेको छु । सँगै सहकार्यका पलहरू ओल्टाईपल्टाई गरिरहेको छु । थाहा छैन भोली कस्तो हुने हो । सताइरहेको छ भोलिले कयौँ साथीहरूले झोला झयाम्टी बोकेर गेट पार गरिसकेका छन् कयौँ पर–परसम्म लाईनमा छन् । कयौँ कुहिरोमा हराएको काग जस्तै भएकाछन् । हामी जनयुद्धमा न जागीर खानको लागी लागेका हौँ न महल ठड्याउन न मन्त्री हुन न सभासद हुन न ठेकेदार हुन केवल हामी निस्वार्थ रुपमा सचेत ढंगले बर्गीय मुक्तीका लागी लागेका हौँ ।
डियर १– जुनदिन शान्ति सम्झौताको नाममा जनयुद्ध सिद्धीएको सम्झौता गरियो सेनालाई हस्तान्त्रण गरियो आपूm कुर्सि र सत्ताको लोभमा डुबियो पुँजीको गहिरो आहालमा पौडी खेल्ना शुरु गरियो । शहिदहरूका सपना माथी बज्रप्रहार गरियो । नेपाली जनता र कार्यकर्ताको भावना माथी ढुंगा हानीयो र सर्वहारा बर्गको ईच्छामा कुठाराघात गरियो । शान्ति प्रक्रियाको नाममा आर्दश र सिद्दान्तबाट तुहिन थालियो । जनयुद्ध र जनमुक्ती सेना घाँडो हुन थाल्यो । युद्धमा लडेका ईमान्दार कर्तब्यनिष्ठ कार्यकर्ताहरू पराई हुन थाले पार्टी एकताको नाममा भुषतिघ्रेहरू भित्रीन थाले झार पात पतिंगरहरूको पार्टी हुन थाल्यो । क्रान्तिकारीहरूलाई पाखा लगाउन थालियो । यो सबथोक सम्भवमा परिणत भयो ।
डिएर १– त्यो दिन पालो आएन लाईनमा कुर्दाकुर्दै रात प¥यो कोठामा आए खाना खाने मन थिएन औपचारिकता निभाउन हातमुख जुठाँए मनभरी बितेको समयले ऐठाँन पारिरहेको छ । बर्तमानले गिज्याईरहेको छ र भविष्य ठिङरीङ्ग खालीहात उभिएको छ । अब के गर्ने होला ? मनभरी यही प्रश्नले छाल हानिरहेको छ । फेरीपनि कोठामा सँधैजसो साथीहरू जम्मा भए र आज क्यन्टोनमेन्टको अन्तिम गजल साँझ गरौँ भन्ने भयो गजल लेख्ने बानीले पनि साथीहरूसँग भिज्न सहज बनाएको थियो । अस्थायी ब्यारेक भित्र रहेर पनि एउटा पत्रिका भेरीजनशुस्केरा प्रकाशन गरिरहेको थिए । यसले पनि सबैसँग चिन्न र भिज्न सजिलो गराएको थियो सबैको सल्लाह बोमोजिम कार्यालयको प्रतिक्षालयमा अन्तिम गजल साँझ गरियो । गजल साँझमा नेपाली सेनाका साथीहरू पनि उपस्थित भएका थिए । खुशी लाग्यो हाम्रो सदभावमा उनीहरूले पनि आभारी जनाए । गजल लेख्ने साथीहरूलाई पालैपालो गजल वाचन गर्न लगाए । सबै साथीहरूले बिगतलाई स्मरण गर्दै वातावरण भावुक बनाए । सायद आँसु नझार्ने कमै थिए होलान कमाण्डर देखी सदस्यसम्मको उपस्थिति थियो । कार्यक्रम सकेर कोठामा आए र पल्टीए ओल्टाई पल्टाई गर्दागर्दै एक बजिसकेको रहेछ अंह निन्द्रा आउने सुर देखिन दराज तिर हेरे एल्बम आँखामा प¥यो एल्बम हातमा लिए र बिगतलाई एकतमासले टोलाउँदै बिहानको पाँच बजाए । अझै कति दिन यस्तै अनिदै बसिने हो एकिन हिसाब छैन । यो सुरुवात मात्र हो । थुप्रै मोर्चामा सँगसँगै लडेका सँगै खाएका हासखेल गरेका र सँगै सहकार्य गरेका साथीहरू सँग भोली बिहान छुटिएर जानु छ । झयाल खोलेर बाहिर चियाँए फेरीपनि डम्म हुस्सुले पुरिरहेको थियो । दशरथपुरलाई शितका थोपाहरूको पततप चुहिरहेको थियो । कल्पनामै एकोहोरो रात बिताए ।
डिएर १– यसरी निदाउनै नदिएर रातारात निश्चल सपनाहरूको हत्या गरियो ।

प्रतिक्रियाहरु