जीवन मृत्यु -इन्द्र थेगिम

२०७३ पुष २३ गते, शनिबार

मनको ढ्याङ्ग्रोले तर्साउदा,
रात चैगुना भएर बौलाउन थाल्छ ।
बिर मसानहरु हांस्दै जाग्छन,
मृत्यु जुरुक्क उठेर हिंड्न थाल्छ ।
मन बिमारले लल्याक लुलुक हुंदा,
एक्लै चिच्याउछ कराउछ करिडोरमा ।
मनुखेहरु घ्वार्‍र घ्वार्‍र घुर्छन् मन रुंदा,
खुशियाली मा झ्याम्टा पिट्छन् यमराज ।
मन बास्तबिकता देखि धेरै टाढा जांदा ,
जीवन र जगत लाई लत्याई दिन्छ ।
चिहान सम्मको बाटो पहिल्याउदै हिंड्दा ,
एकदिन आफैलाई समाधी मा पाउन सफल हुन्छ ।
जिवनको यो मोडमा आईपुग्दा सम्म,
मनको शरीरमा शिरा र धमनी सुक्दै जान्छ ।
लपढप लपढप गर्ने मुटुको धड्कन ,
अब राजीखुशी ले सदाको लागि बन्द हुन्छ ।

प्रतिक्रियाहरु