जिशिअ सिंहलाई कालोमोसो !

२०७४ चैत्र ८ गते, बिहीबार

काठमाडौं, ८ चैत । अखिल क्रान्तिकारीले बझाङका जिल्ला शिक्षा अधिकारीलाई कालामोसो दलेको छ । नेपाल कम्युनिस्ट पार्टी निटक अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले जिशिअ सूर्यबहादुर सिंहलाई कालामोसो दलेका हुन् । विभिन्न शिर्षकहरुमा करोडौं रकम हिनामिना गरेको पुष्टि भएकोले कालोमोसो दलिएको अखिल क्रान्तिकारीले विज्ञप्तिमार्फत जनाएको छ । सिंहले जिल्लामा मोटो रकम असुल गरेर नीजि शैक्षिक संस्थालाई दर्ता विनै संचालनको अनुमति दिएको, भवन, लाईबे्ररी र कम्प्युटर वितरणमा भ्रटाचारको पुष्टि भएपछि चेतावनी स्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र बिकले बताए । विभिन्न मितिमा संगठनमा रिपोर्ट आएको आधारमा आफूहरुले छानविन गर्दा प्रजिअ सिंहले भ्रष्टाचार गरेको पुष्टि भएको बिकले बताए ।
अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले सिंहको कार्यकक्षमा विज्ञप्ति समेत छोडेर गएका थिए । उक्त विज्ञप्तिमा कालोमोसो दल्नुको कारण तीन बुँदामा उल्लेख गरिएको छ ।
यस्ता छन् तीन बुँदा :
१. भवन बाँडफाँड गर्दा प्राथमिकताका आधारमा भन्दा नि कमिसनका आधारमा बितरण गरेको ।
२. शिक्षा कार्यालयबाट बितरण गरिएको पूर्वाधारबाट १ लाखदेखि २ लाखसम्म कमिसन लिएको ।
३. जिल्ला शिक्षा कार्यालयलाई भ्रष्टहरुको अखडा बनाएको ।
४. विद्यालय व्यवस्थापन समितिले गरेका निर्णयलाई कार्यान्वयन गर्न आनाकानी गरेको ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु