जिशिअ गौतमलाई कार्यकक्षमै कालोमोसो

२०७३ बैशाख १६ गते, बिहीबार

काठमाडौं १५ वैशाख। काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई आज एक समुहले कालो मोसो दलेको छ । नेकपा माओबादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौका जिल्ला शिक्षा अधिकार शकँरबहादुर गौतमलाई शिक्षा क्षेत्र ब्यापक अनियमितता,भष्ट्रचार र घोटला गरेको भन्दै उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो । उनीहरुले गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप लगाइएको पर्चासमेत घटनास्थलमा छरेका थिए ।
कालोमोसो दल्ने क्रममा जिशिअ गौतमले प्रतिवाद गर्न खोज्दा केहि तनाव भएको र गौतम सामान्य घाइतेसमेत भएको बताईएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु