जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी

२०७१ फाल्गुन १७ गते, आईतवार

काठमाडौं, १७ फागुन । जिल्ला शिक्षा कार्यालय रौतहटमा तलब नपाएको भन्दै शिक्षकले तालाबन्दी गरेका छन् । फागु पर्वको अवसरमा पनि तलब नपाएको भन्दै विभिन्न शिक्षक संगठनको आह्वानमा शिक्षकहरुले जिल्लाका सबै सामुदायीक विद्यालयको पठनपाठन बन्द गर्नुका साथै जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी पनि गरेका हुन् ।
दोस्रो चौमासिक अन्तर्गतको तलब अझै नपाए पछि शिक्षक आन्दोलित भएका हुन् । दोस्रो चौमासिक सकिएको तीन महिना भैसक्दा पनि तलब निकासा नभएका कारण यस पटक फागु पर्व मनाउन नसकिने भन्दै छिटै तलब दिन माग गर्दै शिक्षकहरुले विद्यालय तथा जिल्ला शिक्षा कार्यालय बन्द गराएका हुन ।
दरबन्दी मिलान नभएर काजमा रहेका शिक्षकहरुको तलब भुक्तानीका बारेमा पनि अन्योल रहेको र छानबिनका लागी रोक्का गरिएका कतिपय विद्यालयका खाता अझै पनि फुकुवा नगरिएका कारण पनि धेरै शिक्षकहरुको तलबका बारेमा थप अन्योल उत्पन्न भएको छ ।
रौतहटका करिब तीन हजार शिक्षकले तलब पाएका छैनन । शिक्षकको समस्याका बारेमा आफूले जानकारी पाएको र सम्बन्धित शिक्षा विभागमा कुरा राखेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु