जिल्ला जनपरिषद् प्रमुख गिरफ्तारपछि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०७६ बैशाख २९ गते, आईतवार

काठमाडौं, २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का निकट रामेछाप जिल्ला जनपरिषद् प्रमुख विवेक लामा ‘वीरबहादुर तामाङ’लाई प्रहरीले गिरफ्तार गरी बेपत्ता पारेको छ । परिवार स्रोतका अनुसार रामेछापको खाँडादेवी घर भएका विवेक भक्तपुरको सूर्यविनायकमा कोठा लिई बस्दै आएका थिए । यही बैशाख २७ गते दिउँसोदेखि सम्पर्कविहीन रहेको विवेकलाई हिजो शनिबार दिउँसो कोठा तलासीका लागि उनलाई आफूलाई प्रहरी बताउने सादा पोशाक प्रहरीले भ्यानमा राखेर पुर्याएको परिवारले जनाएको छ ।
त्यसपछि कहाँ लगियो ? भन्ने अहिलेसम्म जानकारी नभएको भन्दै खोजी पहल गरिदिन परिवारले मानवअधिकार आयोग, नागरिक समाज तथा संचारकर्मीसँग आग्रह गरिएको छ । अहिले कहाँ र कुन अवस्थामा राखिएको छ भन्नेबारे सुरक्षा प्रशासनबाट केही जानकारी नपाएको परिवारले जनाएका छन् । सरकारले ने.क.पा.माथि दमन र धरपकडलाइ तीव्रता दिएकाे छ । जसकाे चाैतर्फी विराेध जारी छ । उक्त पार्टीमाथिकाे प्रतिबन्ध खारेज गर्न माग गरेका छन् ।

प्रतिक्रियाहरु