जिरी विमानस्थल सञ्चालनमा आउदै

२०७२ कार्तिक २४ गते, मंगलवार

काठमाडौं, २४ कार्तिक । पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल बन्द भएको २५ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य सङ्घ जिरीले मङ्गलबार आयोजना गरेको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जिरीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न विमानस्थल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइने जानकारी दिए । जिरीमा रहेको ४०० वर्गमि क्षेत्रको हवाई मैदान चौथाइ शताब्दीदेखि गौचरनका लागि प्रयोग हुँदै आएको छ । जिरीस्थित पशु विकास फार्मका नाममा नापनक्सा रहेको हवाई मैदान प्रयोगविहीन भएका कारण पशु विकास फार्मले गौचरन बनाएको हो । विमानस्थल सञ्चालनमा आए जिरी हुँदै सोलुखम्बु जाने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनाका साथै जिरीको व्यायापारमा वृद्धि हुने जिरीवासीको अपेक्षा छ ।- रासस

प्रतिक्रियाहरु