जिमेल अब नेपाली भाषामै चलाउन पाइने

२०७१ असार २७ गते, शुक्रबार


काठमाडौ।विश्वका सर्वाधिक प्रयोगकर्ताको रोजाइमा रहेको जिमेल अब नेपाली भाषामा पनि चलाउन पाइने भएको छ ।सोमबारदेखि जिमेलले नेपाली भाषासँगै अरु १३ भाषामा पनि आफ्नो सेवा उपलब्ध गराउन सुरु गरेको हो । जिमेलका सिनियर प्रोजेक्ट म्यानेजर इयान हिलले अब जिमेल सेवाले इन्टरनेट चलाउने ९४ प्रतिशत प्रयोगकर्ताको भाषालाई समेटेको दाबी गरेका छन् ।
जिमेलमा नयाँ थपिएका भाषाहरुमा क्यानेडियन, फ्रेन्च, अफ्रिकन, जुलु र सिंहाली रहेका छन् । यस्तै अर्मानियन, अजरबैजनी, गालिसियन, जर्जियन, खमेर, लाओ तथा मंगोलियन भाषा पनि रहेको छ । यो सँगै जीमेलले सेवा दिने भाषाको संख्या ७१ पुगेको छ ।
सन् २००४ मा सुरु भएको जिमेल सेवाको विद्युतीय पत्राचार सेवा इमेलको जगतमा अहिले विश्वकै सबैभन्दा धेरै प्रयोगकर्ता रहेका छन् । सन् २०१२ मा हटमेललाई पछाडी पार्दै जिमेलले अहिले आफ्नो बर्चश्व कायम गरिरहेको छ । नेपालीमा जिमेल चलाउनका लागि सेटिङ अप्सनमा गएर भाषा परिवर्तन गर्न सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार