‘ जालझेल र धाकधम्कीबाट विस्तारवादी हैकम चल्नेवाला छैन ’

२०७३ श्रावण १४ गते, शुक्रबार

काठमाण्डौ । नेकपा माओवादीका स्थायी समितिका सदस्य एवम् अन्तर्रा्ष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एक प्रेस वक्तव्य निकालेर ‘कोशी बाँध सन्दर्भमा भारतीय प्रत्रबारे’ स्पष्ट पारेका छन् । प्रेस वक्तव्यमार्फत उनले पर्दा्भित्र रचिने षडयन्त्र, जालझेल र धाकधम्कीबाट विस्तारवादी हैकम नचल्ने ठोकुवा गरेका छन । उनले कोशी बाँध सन्दर्भमा भारतीय प्रत्रबारे जारी गरेको प्रेस वक्तव्यको पूर्ण बिबरण यस प्रकार रहेको छ ( “ १३ जुलाई २०१६ का दिन भारत राष्ट्रको विहार राज्यका तर्फबाट नेपाल राष्ट्रका सुनसरी जिल्ला प्रसासनलाई कोशी बाँधमाथि नेपाली माओवादी, कास्मिरी मुश्लिम संगठनहरु लस्करे तोइवा, जइसे मोहमदहरुबाट विष्फोटको खतरा भएकोले कडा सुरक्षा माग गर्दै पत्र पठाइएको जानकारी संचार माध्यमहरुबाट खुल्न आयो । विहार राज्यले पठाएको पत्र संचार क्षेत्रबाट बाहिर आएपछि नेपाली राजनीतिमा गम्भीर तरंग पैदा हुन पुगेकोछ । सो पत्रमा उठाइएका विषयले हाम्रो पार्टीको ध्यान पनि गम्भीर ढंगले आकर्षित भएकोछ ।
प्रथमतः भारत सरकारले कोशी बाँधबारे उठाएको सुरक्षा प्रश्न वर्तमान नेपाली परिवेशमा जसरी उठाउन खोजिएको छ, त्यो स्तरमा खतरा छैन भन्ने प्रष्ट बुझ्न सकिन्छ । साथै भारतले पनि त्यो कोणबाट उठाएको बुझिदैन । बरु भारतले सन् १९६५ मा नेपालको संक्रमण कालिन राजनीतिको फाइदा उठाउँदै नेपालमाथि अन्यायपूर्ण ढंगले लादेको सम्झौंता थियो । त्यसको विरोध नेपाली जनताले त्यतिबेलैदेखि निरन्तर गर्दै आएका छन् । त्यतिमात्र होइन, भारतले नेपालमाथि लादेका गण्डक, कालापानी, लिपुलेक, माथिल्लो कर्णाली, अरुण–३, कोशी उच्चबाँधको पनि पुरै विरोध गर्दै आएका छन् भन्ने राम्रोसंँग बुझेको छ ।
दोस्रो, कुरा भारतले नेपालमाथि जसरी असमान संधी सम्झौंता लादेर आफ्नो उपनिवेश बनाउन चाहान्छ । त्यसलाई नेपालका स्वाभिमानी नागरिकले एकरत्ति पनि सहन सक्दैनन् । नेपालीको यो विचारलाई भारतले राम्रोसँग बुझेपछि राष्ट्रिय स्वाधिनताको संघर्षलाई कथित आतंकवादको हवाला दिएर ओझेलमा पार्ने र नेपाललाई त्रासको छायामुनि नियन्त्रण गर्ने अतिक्रमणकारी, हस्तक्षेपकारी बाटो भारतले पकडेको सजिलै देख्न सकिन्छ ।
तेस्रो कुरा, भारतीय पूँजीपति वर्गको जनघाती सत्ता विरुद्ध भारतीय श्रमिक जनताले भाकपा(माओवादी) पार्टीको नेतृत्वमा ४०वर्षदेखि नयाँ जनवादी क्रान्ति संचालन गर्दै आएका छन् । भारतीय जनताको मुक्ति आन्दोलनलाई आतंकवादीको संज्ञा दिँदै बर्बर दमन गर्दै आएको भारतीय सत्तासिन सामन्त तथा दलाल पूँजीपति वर्गले नेपालको माओवादी आन्दोलनलाई समेत अन्तर्रा्ष्ट्रिय आतंकवादीको बहाना बनाएर नेपालको प्रतिक्रियावादी राज्यलाई उक्साएर दमन गर्ने तानाबुना तयार गर्दैछ भन्ने प्रष्ट हुन्छ ।
चौथो कुरा, नेपालको माओवादी आन्दोलन भारतीय शासकवर्गले प्रचार गरे जस्तो नहर र विजुलीको बाँध तोड्ने जस्तो अतिअनावश्यक संघर्षमा नभई सिंगो नेपालको प्रतिक्रियावादी दलाल पूँजीवादी संसदीय व्यवस्थालाई नै जरैबाट उखेलेर फाल्ने र नेपालमा नेपाली जनताको नयाँ जनवादी, वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने मानव मुक्तिको महान् उद्देश्यमा समर्पित भएर लागि रहेको प्रष्टछ । यो एकदमै स्पष्ट छ कि कोशी नेपालको नदी हो । कोशी सम्झौता भारतीय विस्तारवादले नेपालमाथि लादेको घोर असमान सम्झौता हो । यसलाई खारेज गरेर दुवै देशको हित हुने गरी सम्झौता गरिनु पर्दछ । तर यसो भन्नुको अर्थ कोशी बाँध भत्काउने जस्तो हास्यास्पद कुरा माओवादीले सोच्दैनन् भन्ने वास्तविकता सबैले बुझ्न जरुरी छ ।
पाचौं कुरा, भारतीय शासकवर्गले सुनियोजित प्रकारले हँुदै नभएको झुटो(गोयवल्स) प्रचार गरेर जसरी घटिया र भयानक षडयन्त्र नेपालको माओवादी सारतः विश्व माओवादी क्रान्तिकारीका विरुद्धमा रच्न खोजेको छ । त्यो भारतकै लागि आत्मघाती सावित हुनेछ । यसबाट भारतले नेपालको माओवादी आन्दोलनलाई दवावमा राख्ने या दमन गर्ने जुन सोचाई बनाएको छ, त्यसले नेपालको माओवादी आन्दोलन, नेपाली जनताको राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अलिकति पनि विचलित गर्न नसक्ने स्पष्ट गर्न चाहन्छौं ।
छैठौं कुरा, काश्मिरका मुश्लिम, पंजावदेखि मणिपुरसम्मका साथै कन्याकुमारीदेखि उत्तरखण्डसम्मको समस्या भारतीय शासकवर्गका कारण पैदा भएका हुन् । ती समस्या भनेका साम्राज्यवाद तथा विस्तारवादले आफ्नो देशभित्रका विभिन्न जाति, क्षेत्र, धर्म र वर्णका जनतामाथि थोपर्दै आएका दमन र त्यसका विरुद्ध जनताको प्रतिरोधले पैदागरेका परि.ााम हुन भन्ने तथ्य सवैले बुफ्न जरुरी छ । जहाँसम्म लस्करे तोइवा, जय– से –मोहम्मदहरुको सवाल छ ति संगठनको नेपालसँग न कुनै सरोकार छ नत ति संगठनसंँग माओवादी आन्दोलनको कुनै सम्वन्ध नै हुन सक्छ । यो प्रचार भारतीय शासक वर्गले गर्नु भनेको नेपालमा अन्तर्रा्ष्ट्रिय पूँजीपतिवर्गले श्रमिक जनताको मुक्ति आन्दोलन र क्रान्तिहरुमाथि अनेकौं घटनाहरु घटाउने र दमन गर्ने चालवाजी तयार गर्नु मात्र हो । यसलाई सबै जनवादी शक्तिहरुले मिहिनप्रकारले अवलोकन गर्न जरुरी छ । साथै एउटा देशको सरकारले अर्को देशको कुनै राजनैतिक पार्टीमाथि आक्षेपपूर्ण हमला गर्नु र त्यस देशको प्रहरी लगायत सुरक्षा निकायमाथि निगरानी राख्नु सारतः नेपालको सार्वभौमिकमाथि हमला गर्ने कुत्सित नियत अभिव्यक्त हुन्छ ।
अतः केही समय यता भारतीय सञ्चार माध्यमहरुले हाम्रो पार्टीको नामसमेत जोडेर साथै नेपालको माओवादी आन्दोलनलाई मुछेर यस्ता असामान्य, अस्वभाविक, बाँध भत्काउनेसम्मका प्रचार गरिरहेको छ त्यसलाई तुरुन्त रोक्न चेतावनी दिन चाहान्छौं । भारतले बुझ्नु पर्दछ पर्दा्भित्र रचिने षडयन्त्र, जालझेल र धाकधम्किबाट विस्तारवादी हैकम चल्नेवाला छैन । नेपाली जनताले दशकौंदेखि संचालन गर्दै आएका स्वाधिनताको संघर्ष साथै नेपालमा जनताको सत्ता स्थापना गर्ने अभियानलाई कुनै प्रभाव पर्ने छैन । बरु भारतले नै अरु ठूला प्रतिरोधहरुको सामना गर्नु पर्नेछ । साथै नेपाली स्वाभिमानी जनताहरु साम्राज्यवादी र विस्तारवादीहरुले संचालन गरेको विस्तारवादी अतिक्रमणकारी प्रचाबाट एकरत्ति पनि भ्रममा नपरी उनीहरुसंँग केही दलालहरुले गरे जस्तो आत्मसमर्पण गरेर होइन । आफ्नो अधिकारकोलागि चट्टान जस्तो दृृढ बनेर मात्र स्वाधिनताको उच्च चुचुरो चुम्न सकिन्छ भन्ने बोध गर्न जरुरी छ ।“

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु