जापानमा शक्तिशाली आँधी : दुई जनाको मृत्यु, ६० जना घाइते

२०७६ आश्विन २६ गते, आईतवार

काठमाडौं, २६ असोज । जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । राजधानी टोकियो लगायत जापानका विभिन्न शहर आँधीका कारण तहसनहस भएको छ । प्रतिघण्टा २२५ किलोमिटरको रफ्तारले आएको आँधी ६० बर्षयताकै सबैभन्दा खराब मानिएको छ । ७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ । हालसम्म ५० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन् ।
हवाई सेवा अवरुद्ध हँुदा एक हजारभन्दा बढी उडान प्रभावित भएका छन् । विद्युत आपूर्ति र रेलवे सेवासमेत अवरुद्ध बनेपछि कलेज र विद्यालयको पठन–पाठन बन्द गरिएको छ । ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढल्नुका साथै सयौं सवारीसाधनमा ध्वस्त भएको छ । मौसमविदहरुका अनुसार आँधी बिस्तारै पूर्वी तटतर्फ सरेको बताइएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु