जापानमा नक्कली शरणार्थीले जागिर नपाउने

२०७१ फाल्गुन २६ गते, मंगलवार

काठमाडौ ।जापानको कानुन मन्त्रालयले नक्कली शरणार्थी आबेदनलाई निरुत्साहित गर्नको लागि, आबेदकहरुलाई समान्तररुपमा कामगर्न अनुमती दिने हालको नितीलाई संसोधन​ गर्ने प्रकृया अगाडि बढाउने भएको छ।यो नितीबाट शरणार्थीको रुपमा उचित नठरिएका बिदेशीहरुलाई रोजगारी मान्यता नदिने हुदा कामगर्ने उढेष्यले जापानमा बसोबास गर्न कठिन हुनेछ​।
नक्कली आबेदक बढेकोले हालको प्रमाणीकरण प्रकृया लामो हुने हुदाँ वास्तबिक शरणार्थीहरुलाई जोगाउनको लागि ढिलो हुने भएकोले उक्त मन्त्रालयले निकट भबिस्यमा निर्धारण हुने जापानको नयाँ अध्यागमन नितीमा सुधार गर्ने भएको छ ।
शरणार्थी मान्यता प्रणालीमा ,शरणार्थी आबेदन दिने बिदेशीहरुलाई आबेदन दिएको ६ महिना पछी जापानमा काम गर्ने स्वत: मान्यता उपलब्ध गराउने ब्यबस्था छ । आबेदकको दैनिक जिबनलाई ध्यान दिएर २०१० देखी डेमोक्रेटिक पार्टीको सरकार हुँदा दयनिय अवस्थाका बिदेशीहरु सबैलाई प्राथमिकताका साथ रोजगार मान्यता दिने गरिएको निर्णयलाई बदर गर्ने भएको छ । रोजगार मान्यता पाउने भए पछी नक्कली शरणार्थी आबेदन दिने बिदेशीहरुको संख्या तिब्र गतीमा बढेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु