जापानमा ज्वालामुखी विस्फोट

२०७२ जेष्ठ १५ गते, शुक्रबार

काठमाडौँ, १५ जेठ । जापानको कुचिनोएराबुजिमा द्वीपमा ज्वालामुखी विस्फोट भएको छ । कुचिनोएराबुजिमा द्वीपको आकाशमा हजारौ मिटर माथी सम्म कालो धुवाको मुस्लो देखिएको थियो । ज्वालामुखी फुटेपछि स्थानीय प्रशासनले सबैलाई सतर्क रहन भनेको छ भने पानी जहाज तथा हवाइ जहाजहरुको रुट परिवर्तन गरिएको छ । कुचिनोएराबुजि प्रशासनले सबै स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिरहेकोे छ ।
ज्वालामुखीको सक्रिय हुन थालेपछि अत्यधिक गर्मी ग्यास र फलाम माउन्ट सिन्दाकेबाट बाहिर निस्किरहेको छ । ज्वालामुखी फैलिएर समुद्री किनारसम्म पुगिसकेको अधिकारीले जनाएका छन् ।
ज्वालामुखीका कारण ७२ बर्षका एक मानिसको अनुहार सामान्य जलेको छ । १३७ जना बसोबास गर्ने गरेको उक्त टापुमा अरु भने सामान्य अवस्थामा छन् ।
उक्त द्वीप जापानको मुख्य दक्षिणी द्वीप क्यूशू स्थित क्यूशू इलेक्ट्रिक पावरको सेनदई नाभिकीय सयन्त्रबाट करीब १६० किलोमीटर दक्षिणमा पर्छ ।
प्रशासनले सतर्क गराए सँगै मानिसहरु अत्यावस्यक सामाग्री बोकेर अन्यत्र सरिरहेका छन् । ज्वालामुखी विस्फोट सँगै आणविक भट्टीमा समेत असर गर्न सक्ने भन्दै स्थानियहरु त्रसित छन् ।

प्रतिक्रियाहरु