जानी राख्नुस् घ्युकुमारीको फाइदा

२०७१ भाद्र २३ गते, सोमबार


काठमाडौँ । घ्युकुमारी अर्थात् एलोभेरा ५ हजार वर्षपुरानो औषधी हो । यसको करिब २ सय ५० प्रजाति रहेका छन । यसमध्ये केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बाम्बाडेन्सीस वा एलोभेरा हो । हाम्रो शरीरको सही विकाका लागि २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ । एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बाजस्ता खनिज पदार्थ पाइन्छ । एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरिका भिटामिन पाइन्छ । यसले शरीरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरीरमा प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । एलोभेरा जुस गर्भाशयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्‍याउँछ । गर्मी, वषर्ाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ गुलाब जलमा एलोभेराको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ । थाहा पाऔँ, एलोभेराको जुस पिउनुले हुने फाइदाहरू-
– प्रदूषण, जंक फूड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र डि्रकिङ्ग आदिबाट शरीरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरीरमा बिकारतत्व बढी मात्रामा निकाल्ने गर्छ । एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।
– दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।
– एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सासमा हुने दुगन्ध समेत यसले कम गर्छ ।
– एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फुर्त राख्न मद्दत गर्छ । यसले रोग प्रतिरोधी क्षमतालाई पनि बृद्धि गर्छ ।
– एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५-७ वटा तुलसीकोप पत्ता र ४-५ वटा निमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढा बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ ।
– एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्‍याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रुखोपनलाई कम गर्न गर्छ ।
– एलोभेराको जुसले रगतको सञ्चालनलाई ठीक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्‍याउँछ । यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार