जात जातिबीचकाे एकताले मात्र देश समृद्ध हुन्छ : विप्लव

२०७२ भाद्र १२ गते, शनिबार

काठमाडाैँ, १२ भदाै । नेकपा माअाेवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जात जातिबीचकाे एकताले मात्र देश समृद्ध हुने बताएका छन साथै उनले टीकापुर घटनाकाे जिम्मा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ताले लिनु पर्ने बताएका छन् । महासचिव विप्लवले टीकापुरकाे घटनाका अत्यन्तै गम्भिर प्रकृतिकाे भएकाे भन्दै यसकाे समाधान हल्का फुल्का ढंगले खोज्ने प्रयास गरियो भने अवस्था झनै जटील हुने बताएका छन् । संचारमाध्मसँग कुरा गर्दै महासचिव विप्लवले शान्ति प्रकृयामा भएको सहमति, सम्झौताको कार्यान्वयन उल्लंघन भएका कारण टीकापुरकाे घटना भएकाे दाबी गरेका छन् ।
चार दलका शीर्ष नेताहरु पुरानै संसदीय प्रणालीलाई अनुमोदन गर्न खोज्दा देशभर घटना भईरहेका विप्लवले बताए । उनले अाफ्नाे पार्टी जनताको पक्षमा जहाँ पनि लड्न तयार भएपनि नाजायज काममा काममा नलाग्ने बताए । संघर्षरत जनताहरुको माग सम्बोधन गर्नुको साटो अनर्थ लगाएर जबरजस्ती प्रहरी लगाएर दमन गरिए पश्चात् जनतामा पैदा भएको आक्रोश शान्त हुन नपाउँदै यस्तो घटना भएको हो । विप्लवले जात जातकाबीचमा संघर्ष होइन नभएर एकताले मात्रै देश समृद्ध बन्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु