जाजरकोटमा पनि जनसरकार

२०७२ माघ १३ गते, बुधबार

काठमाडौ, १३ माघ । नेकपा माओवाादी जाजरकोटले जिल्ला जनसरकार घोषणा गरेको छ । पार्टीले बैकल्पिक सत्ता सञ्चालन गर्ने भन्दै माओवादीले जिल्ला जनसरकार घोषणा गरेको हो । मंगलवार घोषणा गरिएको जनसरकार १३ सदस्य रहेको माओवादी श्रोतले वतायो । श्रोतका अनुसार जिल्ला जनसरकार प्रमुखमा हरिचन्द्र जैसी र उपप्रमुखमा महान् रहेको वताईएको छ । साथै सोमवार जिल्ला भरवाट रिम्नामा जम्मा भएका माओवादी कार्यकर्ताहरुले मान बहादुर विक सभामुख र हरिबहादुर थापा उपसभामुख रहेको ४५ सदस्य प्रतिनीधि सभाको गठन गरिएको वताईएको छ । जिल्ला जनसरकार घोषणा गर्न जाजरकोट आई पुगेका माओवादी भेरीकर्णाली स्वायत प्रदेश प्रमुख एट्म विसीले जिल्लाको विकास निर्माणमा दशकौ देखि सम्लग्न व्यक्तिहरुले गरेको भ्रष्टाचारलाई छानविन गर्नु पने वताएका छन् । उनले जिल्लामा घोषणा भएको जनसरकाले जनताका न्यायनिसाफ लगाएतका जनसेवाका काममा लागेर जनताको सेवा गर्ने वताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु