जाकार्तामा ६.१ म्याग्निच्यूडको भूकम्प

२०७४ माघ ९ गते, मंगलवार

काठमाडौं, ९ माघ । । इन्डोनेसियाको राजधानी जाकार्तामा मंगलबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । आज बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन् । जाकार्ताका सरकारी कार्यालय भवनहरु पनि मंगलबार खाली रहेका बताइएको छ ।
भूकम्पबाट मानवीय तथा भौतिक सम्पत्ति क्षतिको भने कुनै विवरण प्राप्त नभएको जनाइएको छ । यस भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण–पश्चिममा १० किलामिटर गहिराइमा रहेको इन्डोनेसियाली भूगर्भ विभागले जानकारी दिएको छ । इन्डोनेसिया विश्वको अन्य भूगोलको तुलनामा भूकम्पको प्रकोपले बारम्बार सताउने देशमा पर्छ ।

प्रतिक्रियाहरु