जहा कसैको पनि तलव गोप्य हुँदैन

२०७४ श्रावण ९ गते, सोमबार

काठमाडौ, ९ साउन । नर्वेमा कसैको पनि तलव गोप्य हुँदैन । कसैले आफ्नो तलवलाई गोप्य राख्न सक्दैन । इन्टरनेटमा एक क्लिक गरेको भरमा त्यहाँ जोसूकैले जसको पनि तलव हेर्न पाउँछन् । कसले कति कमाउँछ, कति कर तिर्छ र उसको सम्पत्ति कति छ भन्ने विवरणहरु इन्टरनेटमै उपलब्ध हुन्छ । अर्थात व्यक्तिको आम्दानी र बचतको हरहिसाब अनलाइन मै उपलब्ध हुन्छ । यतिमात्र होइन, आफ्नो तलवबारे कसले चासो राखेको छ भन्ने पनि सहजै थाहा पाउन सकिन्छ । किनकि तलव हेर्नेले अनलाइनमा ‘लगइन’ अनिवार्य रुपमा गर्नु पर्दछ ।
नर्वेमा आफ्ना नागरिकको आय र सम्पत्तिसम्बन्धी विवरण अनलाइनमा राख्न सन् २००१ देखि सुरु गरिएको हो । त्यसअघि एउटा पुस्तकमा सबै विवरण उपलब्ध हुन्थ्यो । उक्त पुस्तक सार्वजनिक पुस्तकालयमा उपलब्ध हुन्थ्यो ।
पत्रकार टम स्टाभीका अनुसार यस्तो विवरण कयौं मानिसका लागि मनोरञ्जनको कारण पनि बन्ने गरेको छ । उनले भने, ‘फेसबुकमा लगइन गरेर पनि आफ्नो साथीले कति कमाउँछ भन्ने थाहा पाउन सकिन्छ ।’ उनका अनुसार पारदर्शिता जरुरी हुन्छ तर एउटा सीमासम्ममा मात्र । नर्वेका नागरिक कर तिर्नमा अन्य मुलुकका नागरिकभन्दा धेरै अगाडि छन् । त्यहाँका नागरिकले औसत रुपमा ४० प्रतिशतभन्दा बढी कर तिर्छन् । जबकि बेलायतका नागरिकले ३३ प्रतिशत र युरोपियन युनियनका नागरिकले ३० प्रतिशतको हाराहारीमा कर तिर्छन् ।- एजेन्सी

प्रतिक्रियाहरु