जहाज दुर्घटना , पाँच जनाको मृत्यु

२०७३ फाल्गुन १० गते, मंगलवार

काठमाडौं, १० फागुन । अष्ट्रेलियाको मेलबर्नमा एउटा सानो जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विमानस्थलबाट उडानको गति लिँदै गर्दा उक्त विमान एउटा भवनमा खसेको र विमानमा रहेका पाँचै जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । चार्टर उडानमा रहेको विमानको इन्जिनले काम नगर्दा दूर्भाग्यपूर्ण घटना हुन पुगेको विमानस्थलका अधिकारीहरुले जनाएका छन् । उनीहरु तास्मानियास्थित किङ टापुको यात्रा लागि जाँदै थिए । यो टापु बीच र डेरीका सामानका लागि निकै लोकप्रिय मानिन्छ । विमान गोदाम घरमा खस्दा भएको भयानक घटनामा आफ्ना कर्मचारीहरु भने सुरक्षित रहेको भवनमा किराना पसल चलाउने एक महिलाले बताइन ।- एजेन्सी

प्रतिक्रियाहरु