जहाजभन्दा १८ वर्ष पुरानो इन्जिन आकाशमै फेल भएपछि…

२०७३ आश्विन ३ गते, सोमबार

काठमाडौ, ३ असोज । क कम्पनी र नियामक निकायबाट गम्भीर लापरबाही भएको पाइएको छ। १४ फागुन ०७२ मा नेपालगन्जबाट जुम्ला जाने क्रममा कालिकोटको चिलखायामा दुर्घटना भएको काष्ठमण्डप एयरको ‘९एन–एजेबी पिएसी ७५० एक्सएल’ जहाजमा जहाज बन्नुभन्दा १८ वर्ष पुरानो इन्जिन राखिएको र उक्त इन्जिनमा मर्मतकै क्रममा त्रुटि रहेको तथ्य छानबिन आयोगले सार्वजनिक गरेको छ।
आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हरिबहादुर खड्काका अनुसार दुर्घटनामा परेको जहाज सन् २००९ मा बनेको थियो भने इन्जिन सन् १९९१ मा निर्माण भएको हो । आयोगले इन्जिन र स्टार्टर जेनेरेटर प्राविधिक परीक्षणका लागि क्यानडा पठाएको थियो।
आयोगका अनुसार उक्त त्रुटिबारे सेवा प्रदायक कम्पनी गम्भीर थिएन भने नियामक निकायले त्यसमा कडाइ गर्न असफल देखिएको छ । काष्ठमण्डप एयरले अस्ट्रेलियाको तस्मान एभिएसन इन्टरप्राइज (टिएई) कम्पनीबाट भाडामा लिएको इन्जिन सन् २०१५ डिसेम्बरमा अमेरिकाको एयरफोर्स टर्वाइन सर्भिस (एटिएस)बाट पूरा मर्मत (ओभरहाल) गरिएको आयोगका सदस्य तथा इन्जिनियर रमेशकुमार सिंहले जानकारी दिए।
इन्जिनको ओभरहाल गर्ने क्रममै भएको त्रुटिले ‘हेन्डलिङ ड्यामेज’ भएको र सोही कारण इन्जिन फेल भएको आयोगको निष्कर्ष छ । कम्पनीले इन्जिन भाडामा लिँदा लगबुक राम्रोसँग भेरिफाइ नगरेको र जडानपछि पनि नियमित चेकजाँच हुन नसकेको पाइएको छानबिन आयोगका संयोजक यज्ञप्रसाद गौतमले जानकारी दिए । उक्त इन्जिन काष्ठमण्डपभन्दा अगाडि एयर फिजीले चलाइसकेको थियो । फिजीको मल्टिइन्जिन जहाजमा चलाइएको इन्जिन परिवर्तन गरी काष्ठमण्डपको सिंगल इन्जिन जहाजमा राखिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार