जहाँ ७ घण्टाको एक वर्ष हुन्छ

२०७४ मंसिर २४ गते, आईतवार

काठमाडौं, २४ मंसिर । पृथ्वीमा एक वर्षमा ३ सय ६५ दिन अर्थात् ८७६० घण्टा हुन्छ । हालै एक खगोलिय दूरवीन केप्लर टेलिस्कोपले एउटा यस्तो ग्रह पत्ता लगाएको छ जसमा सात घण्टामै एक वर्ष सकिन्छ । यो ग्रहमा समय यति छिटो बितिरहेको हुन्छ की पृथ्वीमा एक वर्ष हुँदा त्यहाँ १२ सय ५१ वर्ष बितिसकेको हुन्छ । यो ग्रहलाई अन्तरिक्षको सबैभन्दा तिव्र गतिको ग्रह भनिन्छ । यो ग्रहले ६.७ घण्टामा सूर्यलाई परिक्रमा गर्दछ । यो ग्रहको नाम भ्एक्ष्ऋ द्दद्धटघढघद्धठद्ध द राखिएको छ । यस्तो अर्को नाम सी १२३४७४ हो । यो नयाँ ग्रह पृथ्वीको नजिक रहेको र पृथ्वीभन्दा झण्डै ५ गुणा ठूलो आकारको रहेको बताइएको छ । यो ग्रहमा ७० प्रतिशत फलाम रहेको सम्भावना छ ।
उच्च विकीरणका कारण यो ग्रह मानव बसोबासका लागि योग्य छैन । यो ग्रहमा झण्डै ७ घण्टाको एक वर्ष हुने भएपछि एक दिन चाहीँ ठ्याक्क कति समयको हुन्छ भन्ने चाहीँ गणना गरिएको छैन । हाल वैज्ञानिकहरुले यसमाथि थप अनुसन्धन गरिरहेका छन् । यो ग्रह पृथ्वी र चन्द्रमाको दूरी भन्दा झण्डै ३ गुणामात्र टाढा रहेको बताइन्छ ।

प्रतिक्रियाहरु