जहाँ महिलालाई मात्र जान अनुमति छ !

२०७४ माघ २५ गते, बिहीबार

काठमाडौं, २५ माघ । फिनल्याण्डमा एउटा द्वीपमा पुरुषलाई प्रवेश गर्न प्रतिबन्ध छ भने महिलालाई मात्र सो द्वीपमा जान अनुमति छ । ‘सुपर शी’ नाम दिइएको सो द्वीपमा अमेरिकी लगानीकर्ताले विशेष रिसोर्ट बनाउँदैछन् । हेलसिंकी द्वीप समूहमा रहेको उक्त द्वीपमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । ८.४ एकड क्षेत्रफलमा रहेको सो द्वीपमा आधुनिक स्पा, योगा कक्ष र खाना पकाउने कलासम्बन्धी कक्षासमेत रहने बताइन्छ ।
अमेरिकाको यस्तै एक पर्यटकीय क्षेत्रमा पुरुषहरु महिला आगन्तुकका लागि व्याकुल भएको आफूले पाएपछि महिलाका लागि मात्रै विशेष प्रकारको रिसोर्ट बनाउने सोच आएको अमेरिकी लगानीकर्ता क्रिश्टिना रोथले बताइन् । उनले पुरुषमाथि भेदभाव गर्ने आफ्नो कुनै नीति नरहेको पनि प्रष्ट पारिन् । सुरुमा अन्य मुलुकमै यस प्रकारको रिसोर्ट संचालनमा ल्याउने योजना आफूले बनाएर जग्गासमेत खरिद गरिसकेको भए पनि फिनल्याण्डसँगको आत्मीयताका कारण आफूले यो द्वीपमा नै निर्माण गर्ने निधो गरेको उनको भनाइ थियो । पुरुषका कारण सार्वजनिक स्थलमा खुलेर बस्न नपाउने तथा उकुसमुकस महसुस गर्ने महिलाका लागि यो स्थान छुट्टी मनाउनका लागि उपयुक्त हुने विश्वास आफूले लिएको रोथ बताउँछिन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु