जसले ४१ वर्षसम्म जंगलमा मुसा मात्र खाएर बसे !

२०७४ मंसिर २५ गते, सोमबार

काठमाडौं, २५ मंसिर । भियतनामका वागं लान नामक एक मानिसले ४१ वर्ष सम्म जंगलमा बिताए र बाच्नका लागि केबल उनले मुसा मात्र खाएको बताएका छन् । भियतनाम युद्धको बेला बुवासगैं जंगल भागे पछि उनले यसरी बाचेको बताए । उनले भिडियो मार्फत कसरी मुसा समात्ने र पकाएर खाने गरेको भनेर देखाएका छन् । अमेरीकी सेनाको बमबारीमा पुरै गाउ ध्वस्त भए पछि र आफ्ना आमा र दिदी बहिनीको मृत्यु भए पछि उनका पिता थाउले उनलाई जंगल लिएर गएका थिए ।
उनीहरुले जंगल भित्रै बस्ने र जनावारको छाला ओढ्ने र जंगलमै कन्दमुल मुसा आदि खाने गरेका थिए । अहिले ४४ वर्षको भएका वागंलाई सन् २०१३ मा एक जना स्थानीयले फेला पारे पछि अहिले उनलाई समाजमा अन्तरघुलन गराउन थालिएको छ । अमेरीकाले भियतनाममाथि युद्ध थोपरे पछि लाखौ मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु