जलवायू परिवर्तनका असर कम गर्न दश अर्ब डलर सहयोग !

२०७६ फाल्गुन ६ गते, मंगलवार

काठमाण्डौं , ६ फागुन । अमेजनका अध्यक्ष जेफ बेजोसले जलवायू परिवर्तनबाट देखिएको असर न्यूनिकरणका लागि दश अर्ब डलर प्रदान गर्ने घोषणा गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बेजोसले वैज्ञानिकहरुको अनुसन्धानमा खर्च गर्नका लागि उक्त रकम सहयोग गर्न चाहेको बताएका हुन् । आफूले जलवायू परिवर्तनका असर न्यूनिकरण गर्ने उपायको खोजी र विनासका विरुद्ध लड्न चाहेको पनि बताएको बीबीसीले जनाएको छ । बेजोसले आफ्नो सम्पतिको ८ प्रतिशत रकम जलयावू परिवर्तनको असर न्यूनिकरणमा खर्च गर्न चाहेको बताए । उनले अमेजनका कर्मचारीलाई पनि जलवायू परिवर्तनविरुद्ध लड्न आग्रह गरेका छन् । -एजेन्सी ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु