जलवायु परिवर्तन अभियन्ता ग्रेटा ‘टाइम वर्ष व्यक्ति’

२०७६ मंसिर २६ गते, बिहीबार

काठमाडौं, २६ मंसिर । जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गलाई चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको छ ।
वर्ष व्यक्ति दौडमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पार्दै ग्रेटा वर्ष व्यक्ति बनेकी हुन् । टाइम म्याजिनले वर्ष भरीमा सबैभन्दा प्रभावकारी काम गर्नेलाई वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । ग्रेटाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन एक्सन सम्मेलनमा दिएको मन्तव्य विश्वभरी चर्चित बनेको थियो । ग्रेटा, ट्रम्प, सी, जुकरबर्ग, न्यूजल्याण्डकी पूर्व प्रधानमन्त्री जेसिन्दा एड्रिन, अमेरिकी फुटबलर मेगान रिपोनी, हङकङका आन्दोलनकारी, ट्रम्पका वकिल रुदी जिलिनी, दि ह्विसेल ब्लोअर र युएस हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसी वर्ष व्यक्तिको अन्तिम दश जनाको सूचीमा परेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु