जलवायु परिवर्तन अनुकूलनसम्बन्धी आठौँ अन्तर्राष्ट्रिय सम्मेलन हुदै

२०७१ बैशाख ११ गते, बिहीबार


काठामडौँ, ११ वैशाख । समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलनसम्बन्धी आठौँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि वैशाख १७ गतेसम्म काठमाडाँैमा हुँदैछ ।नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ता प्रक्रियामा अतिकम विकसित मुलुकहरुको अध्यक्षता गरिरहेको छ ।
बेलायतको वातावरण तथा विकासका लागि अन्तर्राष्ट्रिय संस्था (आइआइइडी), बङ्गलादेशको सेन्टर फर एडभान्स स्टडिज (बिसिएएस) र क्लाइमेट चेन्ज नेटवर्क (सिसिएनएन) को सचिवालय क्लीन इनर्जी नेपाल (सिइएन) को सहकार्यमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयकोसंयोजनमा सो सम्मेलन आयोजना हुन लागेको हो ।
‘स्थानीय अनुकूलनका लागि आर्थिक लगानी’ विषयक नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनमा करिब ५० भन्दा बढी मुलुकका सरकारी, गैरसरकारी, विकास अभियान्ता, खोजकर्ता, शैक्षिक संस्था तथा अन्य सरोकारवलाहरु समेत गरेर ३०० भन्दा बढीको सहभागिता हनेछ ।
सम्मेलनले समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलनका सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रगत एवम् समुदाय तहमा हाल भइरहेका लागानी, योजना तथा उत्कृष्ट अभ्यासहरुका बारेमा सूचना आदानप्रदान गरी ठोस धारणा निर्माण गर्ने उद्देश्य लिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।सम्मेलनमा जलवायु परिवर्तन अनुकूलनको मूलप्रवाहीकरण, स्थानीय अनुकूलनसम्बन्धी क्रियाकलापमा लगानी गर्नमा बहुपक्षीय संस्थाहरुले बहन गरिरहेका चुनौती, स्थानीय अनुकूलनमा निजी लगानीको सम्भावना, न्यून लागतयुक्त समुदायमा आधारित अनुकूलन, अतिकम विकसित मुलुकमा अनुकूलनसम्बन्धी लगानी, प्रकोप जोखिम न्यूनीकरणमा हुने लगानी आदि जस्ता महत्वपूर्ण मुद्दामा केन्द्रित हुने सम्मेलनका संयोजक राजु पण्डित क्षेत्रीले बताए ।
सम्मेलनमा २४ वटा विविध विषयका प्राविधिक सत्रमार्फत समुदायमा आधारित अनुकूलनका लागि लगानीका ठोस उपायहरुको पहिचान गरी जोखिममा रहेका समुदायको समेत तिनमा पहुँच हुनसक्ने किसिमले उपयुक्त ढाँचाको सिफारिस गरिने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार