जलवायु परिवर्तनको मुद्दामा सहमति बनेन

२०७४ जेष्ठ १४ गते, आईतवार

काठमाडौं, १४ जेठ । इटलीमा जारी सात धनी राष्ट्र सम्मिलित जी सेभेनको बैठकमा जलवायु परिवर्तनका सम्बन्धमा सहमति नबनेपछि अन्यौल सिर्जना भएको छ । जी सेभेनमा सामेल भएका ६ राष्ट्र जलवायु परिवर्तनसम्बन्धि पेरिसमा भएको सन्धि लागू गर्न सहमत भएपनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमति नजनाएकाले अन्यौल भएको हो ।
आगामी साता मात्रै यसबारे ठोस निर्णय गर्न सक्ने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्प पन्छेपछि जलवायु परिवर्तनसम्बन्धि घोषणा पत्र जारी हुन सकेन ।
जलवायु परिवर्तनको मुद्दालाई धोखाको संज्ञा दिंदै ट्रम्पले पेरिस सन्धि लागू गर्नुपर्ने कुनै जरुरी नभएको प्रतिक्रिया दिए ।
यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकाका कारण जी सेभेनको बैठक उपलब्धिविहीन भएको धारणा ब्यक्त गरेका छन् । इटलीको सीसली सम्मेलनको मूख्य उद्देश्य जलवायु परिवर्तन रहेको छ । जी सेभेनमा क्यानाडा, जापान, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र अमेरिका सामेल छन् । -एजेन्सी

प्रतिक्रियाहरु