जर्मनी कम्युनिस्ट पार्टीद्वारा नेकपामाथिको प्रतिबन्ध हटाउन माग

२०७६ जेष्ठ ३२ गते, शनिबार

काठमाडौं, ३१ जेठ । जर्मनीको माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी (एमएलडीपी)ले सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको विराध गरेको छ । एमएलडीपीले नेपालमा केपी वली सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न र प्रतिबन्ध लगाउनुको कारण प्रस्ट पार्न चेतावनीपूर्ण पत्र प्रेषित गरेको छ । मोनिका गार्टनेर—एन्जेल-सीसीका नामबाट १३ जुनमा प्राप्त पत्रमा प्रधानमन्त्री केपी वलीलाई सम्बोधन गर्दै लेखिएको छ, ‘प्रिय प्रधानमन्त्री केपीशर्मा वली, हामीले नेपाली पत्रिकाहरूबाट नेपाल सरकारद्वारा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थाहा पायौँ । पार्टीमाथि लगाइएको यस्तो प्रतिबन्धले एमएलडीपी व्याकुलर चिन्तित भएको छ ।’
पत्रमा अगाडि लेखिएको छ, ‘हामीले सङ्घीय गणतान्त्रिक जर्मनीमा केपीडी (जर्मनी कम्युनिस्ट पार्टी) माथिको प्रतिबन्धको महत्वपूर्ण अनुभव बनाएकाछौं । १९५६ मा प्रतिक्रियावादी एडेनउअर सरकारद्वारा कम्युनिस्ट विचारधाराको प्रभावविरुद्ध निर्देशित थियो न किजो नेपालको जस्तै माक्र्सवादी—लेनिनवादी वामपक्षको सरकारद्वारा थोपरिएको थियो ।’
केपी वलीलाई सम्बोधन गरेर लेखिएको पत्रमा अगाडि भनिएको छ, ‘निश्चित रूपमा, नेपालका कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरूका बीचमा धेरै नै सैद्धान्तिक, वैचारिक—राजनीतिक भिन्नताहरू रहेका छन् । सम्बन्धित ठोस कामका बारेमा पनि उपयुक्त आलोचनाहरू पनि रहेका छन् तर वामपन्थी शक्तिहरूका बीचमा जहिले पनि बहसलाई आलोचना र आत्मालोचनाको प्रक्रियामा गरिनु पर्दछ । क्रान्तिकारी शक्तिहरूमाथि प्रतिबन्ध लगाउँदा आवश्यकप्रति साम्राज्यवादी सङ्घर्ष र समाजवादी विश्वकालागि गरिएको सङ्घर्षलाई कमजोर बनाउँछ ।’
पत्रको अन्त्यमा भनिएको छ, ‘यही चेतनामा, हामी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दछौँ । साथै तपाईंलाई यस निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्दछौँ अथवा हामीलाई थप औचित्य उपलब्ध गराइदिन अनुरोध गर्दछौँ ।’

प्रतिक्रियाहरु