जर्मनीमा गठबन्धन सरकारको प्रयास विफल

२०७४ मंसिर ४ गते, सोमबार

काठमाण्डौ , ४ मंसिर । जर्मनीमा गठबन्धन सरकार बनाउने चान्सलर एञ्जेला मर्केलको प्रयास विफल भएपछि उनलाई ठूलो झट्का लागेको छ । खुला बजार पक्षधर उदारवादी दल ‘एफडीपी’ले गठबन्धन सरकारमा सामेल नहुने निर्णय लिएपछि चार हप्तादेखि जारी वार्ता नै भंग भएको छ । एफडीपीका नेता क्रिष्टेन लिन्ड्नरले चान्सलर मर्केलको अनुदारवादी ‘सीडीयु/सीएसयु’ गठबन्धन र ‘द ग्रीन्स’सँग विश्वासको कुनै आधार नभएको बताएका छन् । आफ्नो १२ वर्षे चान्सलरको अवधिकै सबैभन्दा ठूलो चुनौति ब्यहोर्न बाध्य मर्केलले के गर्छन् भन्ने प्रष्ट भएको छैन । चान्सलर मर्केलले वार्ता भंग भएकामा दुःख व्यक्त गरेकी छन् । यद्यपि, उनले राष्ट्रपतिलाई भेट्दै छिन् ।
राष्ट्रपतिसंगको भेटमा समयअगावै चुनाव आह्वान गर्नसक्ने विकल्पमा कुुरा हुनसक्ने बताइएको छ । मर्केलसँग समयअगावै चुनाव गराउनुका साटो ‘द ग्रीन्स’सँग मिलेर अल्पसंख्यकको सरकार बनाउने बाटो पनि रहेको बताइएको छ । एफडीपीका नेता लिन्ड्नरले भने झूठो ढंगले शासन गर्नुभन्दा नगरेकै जाती भन्ने प्रतिक्रिया दिए । गठबन्धनका दलहरुबीच कर, शरण दिने विषय र वातावरणीय नीतिका बारेमा गहिरो मतभेद देखिएको बताइएको छ ।

प्रतिक्रियाहरु