जमाना नि के आयो बोलको गीतमा बल्छी धुर्बे र सिर्जु अधिकारीको रोमान्स

२०७४ मंसिर ११ गते, सोमबार

काठमाडौं, ११ मंसिर । साहस भट्टको लयमा “जमाना नि के आयो” बोलको गीत बजारमा आएको छ । कृष्ण बस्नेत समिप र शाहस भट्टद्वारा तयार भएको यस गीतको शब्दमार्फत गायक राजु बोहराले गायिका सिर्जु अधिकारीलाई आफ्नो गुनासो ब्यक्त गरेका छन् । निकै रोमान्चक शैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मी तामांग र राम खातीले आधुनिक जमानाको एक जोडीको रुपमा खुल्ला पार्कमा नै बसेर किस गर्ने जस्ता भूमिका मन नपरी अर्का बहुचर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ “बल्छी धुर्बे” र सिर्जु अधिकारीले यसरी बिकृति फैलाउनेहरुलाई खेदो गर्दै निकै आकर्षक अभिनय गरेका छन् ।
“जमाना नि के आयो” बोलको यस गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिलन बि.क गरेका हुन् ।

प्रतिक्रियाहरु