जब राष्ट्रपतिले कोरोनाविरुद्ध लड्न भोड्का खान सुझाव दिए…

२०७६ चैत्र १८ गते, मंगलवार

काठमाडाैँ, १८ चैत । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले जनतालाई कोरोना भाईरस विरुद्ध लड्न भोड्का खान सुझाव दिएका छन् । स्टेट टेलिभिजनलाई अन्तरवार्ता दिदै उनले हक्की खेल्न, प्राकृतिक साउनामा जान र ह्याण्ड सेनिटाईजर नभए भोड्का खान सुझाव दिएका हुन् । खेलकुद भन्दा राम्रो चीज अरु नहुने भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।
बेलारुसमा कोरोना स्रकमणबाट ९४ जना बिरामी भएका छन् । यद्यपि, कसैको मृत्यु भएको छैन । राष्ट्रपति एलेक्जेन्डरले भोड्का भाईरस मार्ने बिष नै भएको जिकिर गरे । तर विज्ञहरुले यस्तो कुनै प्रतिवेदन हालसम्म दिएका छैनन् ।
विज्ञहरुले आफूलाई दिएको सुझाव अनुसार ६० डिग्रि सेल्सिय तापक्रम भन्दा माथि यो भाईरस जीवित रहन नसक्ने भएकाले खेलकुद,भोड्का पिउनु हितकर हुने उनले सुझाए ।
बेलारुसको होटल, रेष्टुरेन्ट, फुटवल लिग सबै चालू छ ।
तिम्रो घोडामुनि झुकेर बाँच्नु भन्दा उभिएर मर्नु जाति हो , राष्ट्रपतिले भने । करीब ९५ लाख जनसंख्या रहेको यो देश यूरोप र रुसको बीचमा स्याण्डवीच आकारमा रहेको छ । उनले अमेरीकी राष्ट्रपति ट्रम्पले पनि व्यवशायहरु सुचारु नहुने हो भने धेरै अमेरीकीहरु भाईरस भन्दा धेरै बेरोजगारीबाट मर्ने भनेको उदाहरण दिदै त्यसैले आफूले उद्योगहरु बन्द नगराएको बताए ।
त्यसै गरी ताजकिस्तानका राष्ट्रपति ईमोमेल रोहमोनले पनि सबै सार्वजनिक कार्यक्रमहरुमा भाग लिईरहेका छन् । ताजकिस्तानमा कति कोरोना पीडित छन् भन्ने एकीन छैन । यद्यपि, अन्तराष्ट्रिय उडानहरु भने बन्द गरिएका छन् । यस्तै तुर्किमेनिस्तानले पनि सार्वजनिक कार्यक्रमहरु रोकेको छैन ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु