जन्म समयबाट थाहा हुन्छ व्यक्तिको स्वभाव र भविष्य !

२०७६ बैशाख २५ गते, बुधबार

काठमाडौँ । ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ । ज्योतिषाचार्य पं. मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन्् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन्् । ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती जन्मेका मानिसहरुको स्वभाव कस्तो हुन्छ ।
दिउ“सो जन्मेका मानिसहरुको स्वभावः
– दिउँसो जन्मेका भन्दा राती जन्मेका मानिसहरु साहसी हुन्छन्् ।
– स्वास्थ्यको मामलामा दिउँसो जन्मेका मानिसहरु भाग्यमानी हुन्छन्् । उनीहरुको स्वास्थ्य निकै राम्रो हुन्छ ।
– राती जन्मेका मानिसहरु थोरै अल्छी हुन्छन्् तर दिउँसो जन्मेकाहरुले कुनै पनि काममा अल्छी हुँदैनन् । प्रत्येक काम इमान्दारीपूर्वक गर्न रुचाउँछन्् ।
– यी व्यक्तिहरु भावुक हुन्छन््, अरुको समस्या देख्न सक्दैनन् र मद्दतका लागि सधैं तत्पर रहन्छन्् ।
– उनीहरु भगवानप्रति पूर्ण विश्वास राख्छन्् र उनीहरुको स्वभाव धर्मबाट प्रभावित हुन्छ ।
– उनीहरु शान्तीपूर्वक काम गर्न रुचाउँछन्् ।
– राती जन्मेका भन्दा दिउँसो जन्मेकाहरुलाई कम रिस उठ्छ । उनीहरुको रिस चाँडै नै कम हुन्छ पनि ।
– घर परिवार र समाजमा उनीहरुले मान–सम्मान पाउँछन्् ।
– आफ्नो कर्मसहित कहिलेकाँही भाग्यमा पनि उनीहरु विश्वास गर्छन् ।
– जीवनसाथीप्रति इमान्दार रहन्छन्् र सबैको सुखलाई ध्यानमा राख्छन्् ।
राती जन्मेका मानिसहरुको स्वभावः
– राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुन्छ त्यसकारण उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन ।
– राती जन्मेका मानिसहरु आलोचक हुन्छन्् । त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन्् ।
– यी व्यक्तिहरु फ्रेन्डली हुन्छन्् । दिउँसो जन्मिनेभन्दा राती जन्मेकाहरु साथी बनाउन निकै सिपालु हुन्छन्् ।
– राती जन्मेका व्यक्तिहरु निकै आत्मविश्वासी हुन्छन्् त्यसकारण उनीहरु सार्वजनिक स्थानमा आफ्नो कुरा निकै खुलेर प्रस्तुत गर्न सक्छन्् ।
– यी व्यक्तिहरु धेरै कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन्् ।
– उनीहरु साहसी हुन्छन््, जस्तोसुकै जोखिम लिन तयार रहन्छन्् ।
– उनीहरु चाँडै नै समस्या पत्ता लगाउन सक्छन्् र त्यसको समाधानमा तत्पर रहन्छन्् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार