जनस्वास्थ्यका कर्मचारीको दादागिरी , सुचना माग्दा धम्की !

२०७३ असार ९ गते, बिहीबार

काठमाडौँ, ८ असार । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका एक कर्मचारीले सञ्चारकर्मीलाई अनैतिक व्यवहार गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय संग सम्बन्धित समाचार संकलनको क्रममा हिजो कार्यालय परिसर पुगेका सञ्चारकर्मी समक्ष जनस्वास्थ्य कार्यालयका अधिकृत रहेका विष्णु प्रसाद जैयसवालले अनैतिक व्यवहार प्रदर्शन गरेका हुन् । रेडियो बुद्धआवाजका समाचार सम्पादक दिपक अनुरागी र समाचार सहायक सोनुकुमार सुनार समक्ष अधिकृत जैसवालले सुचना उपलब्ध गर्न नसक्ने भन्दै चाहेको गर्न सञ्चारकर्मी समक्ष धम्कीको भाषा प्रस्तुत गरेको सञ्चारकर्मी दिपक अनुरागीले बताए ।
कार्यालयको सुचना अधिकारीको समेत जिम्मेवारी पाएका जैयसवालले गरेको हकर्तले आफुहरु निकै दुखित भएको सञ्चारकर्मी अनुरागीले बताए । साथै अधिकृत जैयसवालले आफु जनस्वास्थ्यको अधिकृत रहेको बताउँदै सञ्चारकर्मीलाई चाहेको गर्न धम्कि दिएको सञ्चारकर्मि सोनुकुमार सुनारले जनाए ।
दुवै सञ्चारकर्मी जिल्लाका दक्षिणी क्षेत्रका महिलाको स्वास्थ्य स्थितीको बारेमा जानकारी लिनको लागी कार्यालयका पुगेको बताइएको छ । कार्यालय प्रमुख संग भेट्ने उद्देश्य दिएर सञ्चारकर्मी त्यहाँ पुगेका हुन । कार्यालय प्रमुख विदामा रहे पछि निमित्त प्रमुखको जिम्मेवारी समेत सम्हाल्न पुगेका जैयसवाल सञ्चारकर्मी त्यहाँ पुग्दा भेटिएका थिएनन् । पछि एक्कासी आफ्नो कार्यकक्षमा आएका उनि पत्रकारले नमस्कार गर्दा पनि फर्काउन चाहेनन् । पछि आफुहरुको बिषयवस्तु माथि उनीलाई प्रवेश गराउँदा कुनै वास्ता नलिएको सञ्चारकर्मी सुनारले बताए । पटक पटक कुरा राख्दा पनि उनले सुनेर पनि नसुनेको झै गरेको उनले बताए । पछि बिषयवस्तुमा प्रवेश गराउँन चाहँदा चाहँदै उनले आफ्नो मोबाइल गोजीबाट उठाई साथी संग करिब ३ मिनेट समय बिताएको तर आफुहरुको कुरा सुन्न नचाहेको सञ्चारकर्मी अनुरागीले जनाए ।
मोबाइलको कुरा सकिसके पछि जसो तसो कुरा सुन्न चाहेका उनले सञ्चारकर्मी समक्ष कड्किदै आफुले कुनै सुचना नदिने पर्सि आए दिन सकिने बताएका थिए । आफुहरुको बिषयबस्तु महिला स्वास्थ्य संग सम्बन्धित रहेको र कुनै तथ्याङ नमागेकोले जानेको कुरा तत्काल भन्न सकिने बिषयवस्तु हुँदा पनि नियतबस उनले धम्किको भाषा प्रयोग गरेर अभद्र व्यवहार प्रस्तुत गरेको दुवै सञ्चारकर्मीहरुको गुनासो छ । सञ्चारकर्मी समक्ष कड्किदै आफ्नो कार्यकक्ष छाडेर भागेका उनिहरु करिब आधा घण्टा सम्म उनलाई कुरेर बस्दा पनि उनी आउन नचाहे पछि सञ्चारकर्मी कार्यालय तर्फ फर्किएका थिए ।
अहिलेको संविधानले प्रेस स्वतन्त्रता दिएको बेला एक सरकारी निकायको अधिकृत सरहको व्यक्तिले गरेको अमानविय कार्य प्रति सञ्चारकर्मीहरुले आपत्ति जनाएका छन् । उनले गरेको कदमको बिरोधमा पत्रकारहरु न्यान माग्नको लागी जिल्ला प्रशासन कार्यालय जाने सञ्चारकर्मीले बताएका छन् । साथै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखामा पनि आफुहरु न्याय माग्न जाने उनिहरुको भनाईछ । सामान्य नागरिकले सुचना पाउँने हकको संबिधानले ग्यारेन्टि गरेको बेला सञ्चार जगतमै काम गर्ने सञ्चारकर्मी समक्ष गरेको हकर्तको सर्वस्त्र विरोध भैरहेको छ । अधिकृत जैयसवालले विगत ६ महिना पहिला पनि आफु समक्ष यस्तै व्यवहार प्रस्तुत गरेको सञ्चारकर्मी दिपक अनुरागीले गुनासो गरेका छन् ।

प्रतिक्रियाहरु