जनस्वयमसेवकका केन्द्रीय संयोजक चलाउनेसहितका कार्यकर्ता रिहा

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौँ २९ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भारतराज सुवेदी माथि आक्रमण गरेको भन्दै प्रहरीले पक्राउ गरेका राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय संयोजक तथा नेकपा माओवादीका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सहित ४ जनालाई रिहा गरेको छ ।
आज साझ माओवादी प्रवक्ता खड्ग बहादुर विश्वकर्माको नेतृत्वमा हनुमान ढोका पुगेको माओवादी नेताहरुको टोलीले रिहा गराईएको माओवादीले जनाएको छ । पूर्ण बहादुर रसाईली “रक्तिम”लाई भने प्रहरीले छाडेको छैन । बिहिबार बेलुकी केन्द्रीय संयोजक चलाउने र राष्ट्रिय युवा जनस्वमसेवकका उपत्यका संयोजक पूर्णबहादुर रसाइली, प्रमोद गिरी, सुमन तिमिल्सिना र तिलक मल्ललाई प्रहरीले पक्राउ गरेको थियो । माओवादीले लामो समयदेखि भ्रष्टाचारी, घुसखोर र राष्ट्रियता विरोधीहरुलाई कारवाही गर्ने नीति लिएको छ । त्यसैको निरन्तरता स्वरुप उसले वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदीमाथि कालोमोसो दलेको जनाएको थियो ।

प्रतिक्रियाहरु