जनविद्रोहको विकल्प छैन : विप्लव

२०७० चैत्र २२ गते, शनिबार


काठमाडौँ । नेकपा माओवादीका केन्द्रीय सचिव नेत्र विक्रम चन्द विप्लवले कांगे्रस र एमालेले जनताको संविधान लेख्न नमानेमा जनबिद्रोह गर्नका लागि ६ महिनामा ६ हजारको सैन्य संरचना तयार गरी जनबिद्रोह गर्ने चेतावनी दिएका छन् ।नेकपा माओवादी डोटीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न पुगेका विप्लवले मुलुकलाई निकास दिनका लागि नेपाली कांग्रेसले हदैसम्म लचकता अपनाउनु पर्ने समेत बताए ।
तत्कालिन सात दल र माओवादीबीच भएको १२ बुदे सम्झौता र ०६३ मंसिर ५ गते भएको बृहत शान्ति सम्झौता बिपरित माओवादीलाई एक्लाएर अघी बढ्न खोजे घरमा बसेका पूर्व जनमुक्ति सेनालाई बोलाएर शसत्र बिद्रोह गर्नेसमेत विप्लवले चेतावनी दिए ।तत्कालिन संसदवादी दल र बिद्रोही पक्षसंग मिलेर समान हैसियतमा राज्य संचालन गर्ने, माओवादी सेनालाई समाबेश गरी राष्ट्रिय सेना निर्माण गर्ने, अदालतलाई समाबेशी बनाउने लगायतका कुरामा प्रचण्ड र गिरिजाप्रसाद कोइरालाबीच शान्ति सम्झौता भएको हो तर अहिले कांग्रेस त्यसबाट पछि हटेर आफनै पुरानै शैली अपनाउन थालेको छ, यसो गरे कांग्रेसले ठूलो मूल्य चुकाउनु पर्ने समेत उनले बताए ।
यदि नेकपा -माओवादीलाई बाहिरै राखेर संबिधान लेखन कार्य गरेमा त्यसको परिणाम नराम्रो हुने समेत उनले चेतावनी समेत दिए ।जनयुद्धका क्रममा भएका घटनालाई ब्यूताएर बिदेशीको ईसारामा माओवादीका एक एक कार्यकर्तालाई फसाउन कांग्रेस र एमाले लागेको भन्दै पत्रपत्रिका र टेलिभिजनमा मात्र एकताको कुरा नगरी संबाद मार्फत पार्टी एकताका लागी लाग्न समेत विप्लवले प्रचण्डलाई सुझाव दिए ।
जनयुद्धको ठूलो शक्ति माओवादीलाई बाहिरै राखेर संबिधान जारी गरिए त्यसको भोली पल्ट नै जलाईने विप्लवले बताए । बरु हामी सिद्धिन तयार छौ तर कांगेस र एमालेसंग आत्म समर्पण गर्न तयार छैनौ उनले बताए ।
मुलुकको वास्तविक निकासका लागि आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेस र बामपन्थी शक्तिको सहकार्य आबश्यकता रहेकोमा भने विप्लवको जोड थियो । यदि आफना मागहरुलाई नसमेटेरै अगाडी बढ्न चाहेमा जन बिद्रोह गर्ने चेतावनी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु