‘जनयुद्धको दोस्रो भाग अब सुरु हुन्छ’

२०७४ फाल्गुन २८ गते, सोमबार


काठमाडौं, २७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले क्रान्तिको भाग सकिएको र अर्को भाग सुरु हुन लागेको बताएका छन् । उनले जनयुद्ध चलचित्रको पहिलो भाग जस्तै भएको भन्दै दोस्रो भाग एकीकृत जनक्रान्तिको दोस्रो भाग हुने बताए । पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको दाङको घोराहीमा अाइतबार उद्‍घाटन गर्दै बुढाले भने, ‘दश वर्षे जनयुद्धलाई एउटा फिल्म मान्नुहुन्छ भने मध्यान्तरअघिको भाग मात्र सकिएको हो, अब दोस्रो भाग लागेको छ ।’ जनयुद्ध सुरुदेखि २०६२ सालसम्म जनयुद्ध नेपाली क्रान्‍तिको पहिलो भाग भएको बताउँदै नेकपाले गठन गरेको जनपरिषद्‍का केन्द्रीय प्रमुख समेत रहेका नेता बुढाले दोस्रो भाग सुरु भइसकेको दाबी गरे ।
सम्मेलनको उद्घाटन गर्दे नेता प्रमुख बुढाले पहिलो क्रान्तिको नायक प्रचण्ड अहिले पुरानो सत्ताको अपहरणमा परेको र दोस्रो क्रान्तिको नायक विप्लव भएको बताए । ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१औं राष्ट्रिय राष्ट्रिय सम्मेलन’ मुख्य नारासहित सुरु भएको सम्मेलनले तीन दिनसम्म चल्नेछ । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सम्पन्‍न हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु