जनप्रतिरोधका दस दिनको अनुसन्धान गर्दा – वैरागी जेठा

२०७१ श्रावण २१ गते, बुधबार

मलाई ढाँट्नु छैन । मैले असङ्ख्य चर्चित पुराना गैर तथा प्रगतिवादी विद्घान् रसमकालिक साहित्यिक व्यक्तिहरूमा उठसबस राम्रैसँग भएकाछन् र भइरहेछन् । मैले कमयुनिष्ट कृतिहरू अध्ययन गरेर आफूलाई चेतनशील बनाउन निकै सङ्घर्षहरू गरेको छु । नारायण वाग्ले ,मित्रलाल पंज्ञानी,बासुदेव अधिकारी ,अनिल पौडेल ,बालमुकुनद कार्की र खेम थपलियाहरूलाई मैले कैल्यै बिर्सन सक्दिन । साहित्यकार दाहाल यज्ञ निधीले एउटा शिर्षकमा गुरुको एक रुपियाँले भनने शिर्षकले मलाई छोयो । मलाई साहित्यिक यात्रामा निरन्तर लाग्ने रहर छ तर मसँग पनि पैसा छैन । पैसा नभएपनि सत्रवटा कृतिहरू ,सत्रजना मानिसहरूको काम गरिसकेको छु । प्रकाशक बन्नु पनि ठूलो चुनौती रहेछ । उनको भनाई अनुसार खर्च रबर्च बाटै मर्छ भन्ने उखानले निकै मर्माहत बनाउँछ । म माकर्सको कृति बाट निकै प्रभावित युवक हुँ । उनका कृतिहरू एङ्गेल्सले प्रकासन गरेर विश्व प्रचारप्रसार गरेका रहेछन् । उनको जस्तै काम गर्न मनलागेर साहित्यिक कृति प्रकाशन गर्न लागेँ ।
एकदिनको कुरा हो । प्रगतिशील लेखक सङ्घ नेपालको सममेलन भएको थियो ग्वार्को स्थित माइलस्टोन कलेजमा बालाजुबाट सादा यातायातमा चढेर गएको थिएँ । हुन त म निकै लामो पैदल हिँड्ने बानी थियो । कार्यक्रम शुरुभयो ।रामप्रसाद प्रदिपको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रम सकिएपछि म घर फर्कने तर्खरमा थिएँ । म कतै बाट प्रतिनिधि पर्ने छाँट कााट थिएन मैले खासै रुची पनि थिएन । मित्र खेम थपलियाले मेरो नाम प्रतिनिधिको रुपमा उनको सङ्गठनको तर्फबाट पठाएका रहेछन् । त्यहाँ धेरै खैला बैला भएछ । हत्तपत्त दौडिएर आउँदै हात लम्काउँदै राजुमान डङ्गोल आए । उनी च्च्यिाए । ए वैरागी तत् त माओवादी बैद्य समूहबाट तेरो नाम सिफारीस आएको छ म झसङ्ग भएँ । वास्तवमा मलाई केही थाहा थिएन । वैरागीले पार्टी फे¥यो ,वैरागी त वेस्से आइमाई जस्तो रहेछ । निकै चर्चा पायो । त्यति बेलासम्म खेम सँग मेरो कुनै सम्बनध थिएन । उनले रु।३०० झकेर मेरो पैसा पनि तिरिदिएछन् त्यो पनि मलाई थाहा भएन ।मन मनै धनयवाद दिएँ तर मुख भने खूल्न सकेको थिइन । उनमा सहयोगी भावना रहेछ भन्ने बुझेँ र सकेको थिइन । उनमा सहयोगी भावना रहेछ भन्ने बुँझेँ र बनद सत्रमा समावेश हुन पाएकोमा पनि गर्ब लाग्यो र उनलाई मन मनै धन्य वाद दिएँ ।खेम भन्ने मानिसले मेरो पहिचान कसर िथाहा पायो मैले कुनै प्श्न आज सम्म गर्न सकिरहेको थिइन ।उनसिँग प्रेम कसरी प्रवेश ग¥यो त्यो थाहाछैन । उनले मलाई उनका कृतिहरू पढ्न दिए । मेले ध्यान दिएर पढ्छु रपढिरहेछु । म उनको उउटा पाठक हुँ भन्न मन पराउँछु । यतिवेला आँपझैँ पाकिरहेकाछन् कृतिहरू, सुनसान भएकावेला सबै कृतिहरूका पाना पल्टाएर देखाउँछन् कृतिहज्ञ सुनसान भएकाबेला सबै कृतिहरूका पाना पल्टाएर देखाउँछन् कृतिहरू वर्षिरहेकाछन् । हुन त उनको तिन सय रुपयाँको ऋणको भारीले मलाई थिचिरहेको छ । अहिलेसम्म मैले तयो रपयाँ तिर्न सकेको छैन । मेरो रगतमा किरा पर्नु,पत्थरीहुनु, शरिर भरि खटिरा आएका कारण केही गर्न सकेको छैन मैले । केही समय यता उनी मसाग पर पर भएको महशुस गरिरहादा ,त्यसो हुादा हुँदै पनि उनले किताब थमाए उधारोमा, मूल्य ३००को ,मलाई निकै बोझ लागिरहेथ्यो। । गरुङगो मन बनाएर कितावका पानाका कालाअक्षर पढ्दै जान्छु । आफ्नो अध्ययनलाई किलाझैँ तिखारेर ठोक्ने कोशिस गरिरहेछु । किताव अनौठो छ । साहित्यिक पाराको छैन, दार्शनिक पक्षको पनि छैन । दशदिनका राजनैतिक घटनाक्रमहरूलाई समावेश गरेर दुईसय चौवन्न पृष्ठमा तयार गरिएको छ । बाहिरी कभरको आकषर्ण अग्निराज पौडेल अरापको सुन्दर आकृति रहेको छ । साजसज्जा राम्रै भएपनि छपाइका कारण कृति अध्ययन गर्न कठिन छ । यस कृतिमा खण्ड क,खण्ड ख, खण्ड ग समावेस गरिएको छ । खण्ड खमा नौ उपशिर्षक रहेका सृजनाहरू समावेश गरिएको छ भने खण्ड गमा पर्चा ,अपिल र प्रेस विज्ञप्तिहरू समावेस गराएका छन् । कृति अध्ययन गर्दै जाँदा ,सुचना मूलक सुचनाहरू उल्लेख गरेका छन् । आज सम्मको यात्रामा नौलो आयम शुरु गरेका छन् भन्न सकिन्छ थपलियाले ।
मेरो जागिर खोसिएको एघार वर्ष भइसकेको छ । मलाई सरकारले आतङकवादी लाई सहयोग पुग्ने कविता लेखे वापत हिरासतमा राखेको थियो । हिरासतमा रहेका सम्झनाहरू संस्मरण गराउन यसकृतिले मलाई सहयोग गरिरहेछ । नेपाली राजनिित अस्वस्थ छ र अस्वस्थताका कारणले नेपाली जनताले दmुख पाइरहेछन् । सङ्गठनको मृत्यु ,एउटा अत्यनत दुःखदायी घटना हो । जहाँ सङ्गठन र हाम्रा सङ्ग्रामको बीचमा द्घन्द्घ गराउने भाइरसहरू सक्रिय भए । जनयुद्धको मर्मलाई हाम्रा बुजुर्ग नेताहरूले पालना गर्न सकेनन् । सङ्गठनका नेतृत्वदायीहरू व्यक्तिगत स्वार्थमा लागेकाले हाम्रा लाल सिपाही र कार्यकर्ताहरूलाई अत्यनतै दुःखी बनाएका कारण ‘जनप्रतिरोधका दस दिन’ नामक कृतिको सृष्टि हुन पुग्यो । प्रचण्ड बाबुरामलाई धेरै जना पुराना ,नयाँकार्यकर्ताहरूले विरोध गरे । तिनीहरू मध्ये खेम थपलिया पनि एक हुन् । क्रान्ति विशेषज्ञ तथा पत्रकारिताका रुपमा उनले आफूले पाएका सुचनाहरूलाई जोड दिए । यी कुरा पूर्णतः सत्य कृतिको आवृत्तिमा परिणत भएर आएको छ ।
शान्त िसम्झौता ,युद्ध विराम भएपछि संम्बिधान सभाको चुनाव भयो , त्यसले देशको लागि न्याय गर्न सकेन , न्यायाधिशको नेतृत्वमा सरकार बनयो र दोस्रो सम्विधान सभाको चुनाव ग¥यो ।
नेकपा माओवादी वैद्यसमूह लगायत चालीस दलहरूले चुनाव वहिस्कार ग¥यो भने एक सय बाइसवटा पार्टीहरूले आफ्नो क्षमता प्रदर्शन गदैृ चुनावमा भागलिए र सम्विधान बनाउन पच्चिस दलका सभासदहरू चुनिए । नेकपा माओ वादी पार्टी अन्यदल भन्दा गुणात्मक दृष्टिले सक्रिय रह्यो । एमाओवादीलेपराजयको पहाड बोक्नु प¥यो ।ऊ यति वेला तेस्रो शक्तिका रुपमा उभियो । यसरी पराजयहुनु भनेको जनयुद्धको आदर्शको उपहास गर्नु थियो । यिनै विषय वस्तुलाई लिएर पत्रकार खेम थपलियाले आफ्नो जोस उमङ्ग पोखेका छन् । उनको सङ्गठनले पनि आफूलाई सुधार गर्न सकेन । उनमा धैरै पीडाहरू उम्लिएका छन् । क्रान्तिको कुरा गरेर हुँदैन भन्ने ज्ञान उनमा पैदा हुन सकेको छैन । म उक हिन्दू नागरिक हुँदा हुँदै पनिकम्युनिष्ट विश्वविद्यालयका विद्यार्थीहरूसँग हात मिलाउँदै ,कम्युनिष्ट यात्रामा हिँड्दे आएको छु । मैले कमयुनिष्ट यात्रालाई स्वीकार गर्दै आरोह नेपालीको निमन्त्रणा स्वीकार गर्दै सम्वाद डबलीको हलमा प्रवेश गरेको थिएँ ।
राजनीतिक अठोट, राष्ट्रियताको बोध ,राजशक्तिको दुरुपयोग चुस्त पार्टी सङ्गठन,प्रभावकारी पार्टीको कार्यक्रम,सङ्गठनलाई सुदृढ न्यायव्यवस्था, अन्यपार्टीसङ्गठन रतिनका आयोगहरू, स्थानीय पार्टी सरकार , सक्षम स्थानीय पार्टी निकाय, ग्रामपालिका ,नगर पालिका सवस्थ नेतृत्व, राजनैतिक सुधार , पार्टी प्रशासनिक सुधार, गुणस्तरीयपार्टीशिक्षा, भ्रष्टाचार निवारण, पार्टीसङ्गठन भित्र मितव्ययिताको पालना, विविध क्रान्तिकारी उपायहरू यस कृतिमा समावेश भएका छन् ।
पार्टी सङ्गठन भित्र शिष्टताको व्यवहार गरिनुपर्छ,कार्यकर्ता र समर्थकहरूलाई पशुहरू जस्तो हलुका ,नीच रघृणित सम्झनुहुन्न भन्ने उनको कथन रहेको छ । उनी साग दुईपटक यात्रा गरेको छु ,रामेछाप र भट्टेडाँडा उनको शैललिे मलाई निकै प्रभाव पारेको थियो । उनलाई चुरोट धेरै तान्नु पर्ने बानी छ । मलाई अलि असजिलो हुन्थ्यो । उनी क्रान्ति रपरिवर्तनको उज्ज्वल भविष्यमा विश्वास राख्नु पर्छ भनेर भनिरहन्थे । शहरको व्यस्त सडकमा गुड्ने माइक्रो बसमा पनि उनीसँग यात्रा गरेको छु । उनी जहिले पनि मलाई बालक ठान्ने गर्थे । म बालक बनिदिन्थेँ । उनको शैललिे निकै गाढा प्रभाव पारेका कारण सजिलै सँग विश्वास गरेँ । कहिले काहीँ औँलो ठड्याउने गर्थे भने कहिले काहीँबोलदैन थिए । उनी नबोलेपछि मलाई औडा हुन्थ्यो । अग्निराजकहाँ भेट हुने गथ्र्यो । थपलिइा बोलिरहादा म चुपचाप रहने गर्थे, बोलन थालेपछि आकाशको मेघझैँ गर्जिनथे ।
म उनका बोल िर लेखन शैलीमा बेह्रिन्थे ,म हिनदूभएको ठाउँको माकर्सवादी, मेरो देशको धर्मविरुद्ध हिँडेर मक्रिश्चीयन र मुशलमान बनन सक्देन थिउँ । मेरो धर्म भनेको मेरो धरको धमृ अनुसार ,वर्गीय लडाई लड्नु हो तर उनी त्यसो मानन तयार छैनन् । उनी क्रिशचीयन हुन् या मुश्लीम कुन हुन् ठम्याउन गाह्रो भएको छ । थपलिया आटनो शैलकिो प्रयोगबाट आफ्ना देशवाशीहरूलाई गहिरो निद्राबाट ब्यूँझाउन कसिएर लागेकाछन् । प्रभावशाली खेम थपलियामा भाष र शैली परिवर्तन हुन आवश्यक देखिन्छ । त्यसो गर्न सके भने उता सृजनाहरूबलिया,पत्यारिला रव्यवहारिकताभएर हाम्रो समाजमा उभिन सक्छन् ।
जीवन एउटा जटिल विषय हो जीवनको सङ्घर्षले कहिले काहीँ मानिसहरूमा विरक्त ल्याउाछ भने ममा पनि त्यस्तो विरक्त पैदा भएको छ । मानिसहरूमा मन भेद हुनु स्वभाविक पना हो । हरेक समस्यामा हरूलाई एउटै दृष्टिकोणले हेर्ने बानी बसाल्न सकेको खण्डमा सङ्गठन मजबुत हुन्छ । उनी सहयोगी साथी जस्तै लागेर होला म ,म उनको कुनामा छिरीरहेको हुन्छु ।
सिद्धान्तहरूमा लुकाउन खोज्नेमानिसलाई सन्देह गर्नुपर्दछ । सङ्गठनको जीवनमा बााचनका निम्ति सङ्गठनका प्रमुखहरूलाई प्रण गर्ने रविश्वास दिलाउने र नयाँ प्रकारका सनदेहात्मक काम गर्नु पर्दछ । अरुलाई आलोचना गर्ने दुस्साहस गर्ने शैललिे आफ्नो कार्यलाई हानि गर्ने सम्भावना रहन्छ । खेम थपलियामा पनि यस्ता धेरै घटनाहरू दोहोरिएका छन् । सर्वग्रहण शलिता देखाउनु जरुरी छ । हाम्रो देशमा सबै प्रकार मानिसहरू रहेको सानो एउटा मुलुक हो । सङ्गठनका प्रमुख नागरिकले आफ्ना राजनैतिक ,आर्थिक,सामाजिक र धार्मिक साँस्कृतिक दृष्टिकोणमाब डो चनाखो रहनु पर्दछ । उनी एउटा लेखकहरूका विश्वाशीलानेता हुन् तर पार्टि सङ्गठनका नेता हुन सकेका छैनन् । समाजवाद िनेता हुन् संसार त्याग गर्न सक्नु पर्छ ।
जनप्रतिरोधका दस दिन नामक कृति परिवर्तनशील हुन चाहन्छ । आफूले जाने बुझेसम्मका समाचारहरू सङ्कलित रहेको देखिन्छ ।उनले यसलाई कृतिका रपमा बजारमा ल्याएकाछन् । जनविद्रोह कहाा कसरी भए र सरकारी दमन कसरी भए भनी देनकिी रिपोटहरू पनि समावेश गरिएको छ । राजनैतिक दृष्टि संकुचित भएकाले पनि नेपाली कम्युनिष्ट आन्दोलन तुहिएको हो ।आफ्ना साँस्कृतिक स्फूर्तिका निम्ति यशु ,क्राइष्टतिर अघि बढिरहेछ यहाँ धर्मको विरुद्ध कलम उठेको छ तर कस्तो धर्म हुने भन्ने किटानलेखकल आफ्नो दृष्टिकोणमा स्पष्ट तर्क राख्न सकेका छैनन् ।लेखकले आफ्नो दृष्टिकोमा स्पष्ट तर्क राख्न सकेका छैनन् । राष्ट्रवादका निम्ति सामाजिक साँस्कृतिक र आर्थीक दृष्टिकोणले विचार गर्ने वाद भएपनि धर्मलाई राजनीतिबाट पृथ्कले विचार गर्ने वाद भएपनि धर्मलाई राजनीतिबाट पृथ्क राख्न खोजेपनि उनले धर्म केहो भन्ने विषयमा स्पष्टधारणा उल्लेख गरेका छैनन् ।
चुनाव वहिस्कार आन्दोलन र यस कृतिले मेरो आँखा खोलिदिएको छ । यसले ,गैर वामपन्थी र वामपन्थ िसाहित्यिक र पत्रकारहरूको असाधारण भावुकताको ज्ञान मलाई गराइरहेछ , आफ्ना शुभ चिन्तक मित्रहरूमा सद्भावना पूर्ण आलोचना गरिएको छ भन्ने मलाई ज्ञान भएको छ । कतिपय ठाउँमा हीनताको भावनाले काम गरिरहेको सपष्ट देखिनछ । आत्मा आलोचनाको पूर्णत लेखहरूमा तिनको सतर केहो भनने कुरामा प्ष्ट उभिएको पाइँदेन। लेखक र राजनिितक सङ्गठनका आलोचकमा गाली गरा गर चलेको छ , यसरी कुरा उठाउन हुनु असाधारण कुरा होइन । कम्युनिष्ट दृष्टिकोणमा कुनै स.कुचितता आउनु हुादैन । नेपालका प्रगतिवादी ,लेखक र पत्रकारहरू विराट जनताका पक्षमा हुनछन् भन्ने सोच हुनु आवश्यक छ र अरु पक्षलाई उपेक्षा गरेर चुनावपनि वहिस्कार हुन सक्दैन थ्यो । पार्टीले कुरा उठायो तर पूणृरुपमा कार्यकर्ताहरूलाई परिचालन भने गर्न नसकेको हो । पार्टीले यसमा आत्म आलोचना गर्न सकेको भए सङ्गठन धेरै अगाडि बढ्ने थियो । लेखक थपलियाले आफ्ना लेखहरूमा अभिव्यक्त गरिएका शबदले नै प्रष्ट पार्दछ ।
नेपाली साहितय गौरवमय थियो र छ ,सबै साहित्य पनि प्रगतिवादी हुन सक्तैन कमयुनिष्ट आन्दोलनले सदैव जीवित रहन सक्तैन तर पनि प्रगतिवादी साहित्यको भविष्य उज्जवल छ र नेपाली पत्र पत्रकारिता हाम्रो देशमा अतयन्त शक्तिशाली भएर अघि बढ्ने छ भन्ने मलाई विश्वास लागेको छ । हामीले कम्युनिष्ट रुढी र कम्युनिष्ट संस्कृति भन्दा परका साँस्कृतिक परम्पराहरूलाई बन्धन हरूलाई त्यागेर जनताका निमित लैख्न नसकेका कारण आज यसतो घटना भएको हो । कमयुनिष्ट आन्दोलन र पछिका घटना क्रमहरूलाई आम नेपाली पाठकहरूले अध्ययन गर्न र बुझ्न सकिने प्रकृतिले आफ्ना धारणाहरू समाचारका रुपमा सङ्कलन गरिएको छ भने ,यस पुस्तकले पत्रकारहरूलाई अध्ययन र पत्रकारिता गर्न सजिलो बनाएको छ ।
कमयुनिष्ट सत्ता स्थापनाका निमित बौद्धिक भूमिकाले मात्र पुग्दैन,त्यसका निम्ति अरु शक्तिहरूलाई पनि समेट्न सक्नुपर्छ । मलाई लाग्छ त्यो भूमिका यसकृतिले निर्वाह गर्दछ । पुरै भूमिका खेलन नसके पनि यसले नेपाली कमयुनिष्ट आन्दोलनलाई बुझेको छ । जनयुद्धलाई पार्टीले जनताको मर्मलाई बुझ्न सकेको छैन । प्रचण्ड रबाबुराम सँग विद्र्रोह गरेपछि जोरतोरको आन्दोलन पनि गर्न सकेका छैनौँ र उनीहरूलाई पनि स्विकार गर्न नसकेको अवस्था हो । उनहिरूको शेखी झार्न पनि भयङ्कर शक्ति प्रदशृन गर्न सक्नु पथ्र्यो । अहिले नेपालीहरूमा कृषिको समसया सबभन्दा महत्वको समस्या भइराखेकोछ र यस्तै प्रकृया भइरहने देखिन्छ । उद्योगका लागि पनि यस्तै घटनाहरू सृष्टिभर रोकिएकाछन् । नेपालीहरू अरब भुमि तिर पलायन भइरहेछन् माओवादीको स्पष्ट नीति आउन सकेको छैन । कृषि र उद्योगलाई महतव दिनेहो भने आम नेपाली युवाहरू देशमै रहनथे र कम्युनिष्ट आन्दोलनलाई सहयोग गर्थे । यस विषयमा गम्भिर देखिएको छैन । उद्योग व्यवसायमा लागेका हरू डुवेका छन् भने , दलालहरू ठेकेदारहरू धनी भएका छन् । उनीहरूको नेतृत्वमा देश अघि बढिरहेछ माओवादी मौन चुपचाप छ र आफ्नो सङ्गठनलाई कृयाशिल बनाउन सकिरहेको छैन । यस कृतिका लेखक पनि मध्यमवर्गका राजनीतिज्ञ कार्य कर्ता मा पर्दछन् रतयसका निम्ति खेम थपलियामा सूक्ष्म अध्ययन हुनै पछृ उनी जस्ता लेखकहरूले विशेषज्ञहरूको भूमिकामा भागलिन पाउनुपर्छ जसले पार्टी र सङ्गठनलाई गम्भीर अध्ययन गरेर एउटा सर्वागीन शक्तिशाली पार्टीको योजना बनाउन सक्तछन् । केही मानिसहरू नोकरी तथा प्राइभेट विश्वविद्यालयहरूमा फँसेकाछन् तिनीहरू कम्युनिष्ट आन्दोलनमा समर्थन र अघि बढ्न तत्पर हुन सक्दैन न् ।
अतितका भोगाइ र अनुभवले देखाइसकेको छ कम्युनिष्ट आन्दोलन कता जाँदै छ ,कतिवटा विषय सम्बोधन भए भन्ने मुल प्रश्न हो । कमयुनिष्ट आन्दोलनले राष्ट्रकानिम्ति, राष्ट्रिय आन्दोलन किन गनृ सकेन ? उसलाई ठूलो अभिशाप के हुन गयो भन्ने कुराहरू स्वभाभाविक प्रवृत्तिको दमनको दुखदायी लक्षण मात्र हो । पराजित कम्युनिष्ट आन्दोलन र पार्टी सङ्गठन संसाको दौडमा पछि परेको छ । आफ्नो पार्टी र राष्ट्रको स्वाधिनता प्राप्त गरेर आफ्ना पार्टीका कार्यकर्ता आन्दोलन बाट मुक्त हुने प्रयास गर्नु बाहेक अरुकेही गर्न सत्तःैन माओवादी भित्र पनि यस्तै धेरै समस्याहरू खडा भएकाछन् । माओवादलिे जनताको मन परिवर्तन गनृ सकिरहेको छैन मेरो विचारमा उसले जनताको मन परिवर्तन गर्न ,कृषि रउद्योगमा केही नबोलनु हो या सम्बोधन गर्न नसक्नु हो भन्ने लाग्छ।
सामाजिक सुधार ,साँस्कृतिक सुधार ल्याउन माआृवादी आफैँ सक्रिय हनुपर्छ र कार्यकर्ताहरूलाई आफ्नो कानुनमा राख्न सक्नु पथ्र्यो । पार्टीले जनतासँग सम्पर्क राख्न नसक्ने मानिसहरूलाई ,स्थान दिएका कारण खेम थपलिया जस्ता लेखक ,पत्रकारहरू ठूलो मारमा परेकाछन् । पार्टीले तिनका पेट रृनीहरूसँग रहेका पेटहरूको राम्रो मुल्याङ्कन गर्न नसक्नाले पनि ,‘दस दिनका जन प्रतिरोध त्यती प्रभावकारी ढङ्गले अगाडि बढ्न सकेन । अस्पष्टरुपमा चुनाव बहिस्कारका समाचारहरू प्रचार भए । कार्यकर्ताहरूलाई तयस बारेमा राम्रो ज्ञान थिएन र पाउने साधन पनि थिएन । अधिकाँश मानिसहरूले चुनाव वहिस्कारका बारेमा थाहासम्म पनि पाएनन् । कुनै कुनै छिटपुट प्रचार भएका तर प्रभावशाली भने हुन चाहीँ नसकेको हो भन्ने मलाई लाग्छ र यस कृतिले पुष्टी गर्न खोजेको छ ।

प्रतिक्रियाहरु