जनप्रगतिशिल मोर्चा कतारका केन्द्रिय सचिव बोहोरासहित तीनजना निलम्बन

२०७६ बैशाख २५ गते, बुधबार

काठमाडौं , २५ बैशाख । नेपाली जनप्रगतिशिल मोर्चा कतारले क्रान्ती र मोर्चाको काम कर्तव्य र अनुसान भन्दा बाहिर रहि काम गरेको भन्दै मोर्चाका केन्द्रिय सचिव बेद बोहोरा, सदस्य द्वय रामहरी अर्याल (सुजक), दिपक ओलिलाई अर्को सुचना नआए सम्मको लागि सम्पुर्ण जिम्मेवारीहरुबाट निलम्बित गरिएको बताएको छ । यस बिषयमा मोर्चाका अध्यक्ष शिशिर भण्डारीले जारी गरेको प्रेस विज्ञाप्ति यस्तो छ – “नेपाली जनप्रगतिशिल मोर्चा कतार सधै बैचारिक र सैधान्तिक रुपमा अगाडी बढ्दै प्रवासमा समाजसेवी संगठनको रुपमा स्थापित संगठन हो। यसले कम्युनिस्ट को फलामे अनुसासनलाई आत्मसात गर्ने नेपाल कम्युनिस्ट पार्टीलाई नैतिक समर्थन समेत गर्ने भएकोले नेपालमा संचालित एकीकृत जनक्रान्तिको महान विचारलाई आत्मसात गर्दै आए अनुसार गलतलाई दण्ड र सहिलाई प्रोत्साहित गर्ने क्रममा केही कामरेडहरुलाई निलम्बन गरिएको छ।
पार्टी क्रान्ती र मोर्चाको काम कर्तव्य र अनुसान भन्दा बाहिर रहि काम गर्दै आउनु भएका मोर्चाका केन्द्रिय सचिव बेद बोहोरा, सदस्य द्वय रामहरी अर्याल (सुजक), दिपक ओलिलाई पटक पटक सम्झाउदै सुध्रिने अबसर दिदै आएको मोर्चाको प्रयासलाई गलत अर्थ लगाउदै आफ्नो काम कर्तव्यमा सुधार ल्याउन नचाहेका तिनै जना कामरेडहरुलाई अर्को सुचना न आए सम्मको लागि सम्पुर्ण जिम्मेवारीहरु बाट निलम्बित गरिएको व्यहोरा यसै सुचना मार्फत जानकारी गराईन्छ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु