जनप्रगतिशील समाज जापानको अध्यक्षमा शाही र महासचिवमा गैरे

२०७३ आश्विन १० गते, सोमबार

काठमाडौ, १० असोज । नेकपा (माओवादी) को भात्रि संगठन नेपाली जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिनेश शाहीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको कार्यसमितिको उपाध्यक्षमा सरु अधिकारी, सुरेन्द्र डिसी, भानु अर्याल र दुर्गा खड्का चयन भएका छन् भने महासचिवमा निरन्जन गैरे, सचिवमा नविन जोशी र कोषाध्यक्षमा कृष्ण शाही चयन भएका छन् ।
अधिवेशनका लागि नेपालवाट आमन्त्रित प्रमुख अतिथि नेकपा (माओवादी) स्थायी समिति सदस्य तथा प्रवक्ता ‘प्रकाण्ड र विशेष अतिथि स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला ‘कन्चन’ को उपस्थिति रहेको थियो । सो क्रममा जापानवासी नेपालीसंग “एकीकृत जनक्रान्ति आजको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । जापानका राजनीतिक दलका प्रतिनिधि, बुद्विजिवी, समाजसेवी, पत्रकार, व्यवसायीको तर्फबाट प्रतिनिधि मुलक उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु