जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशन हुँदै

२०७३ आश्विन ७ गते, शुक्रबार

काठमाडौं, ७ असोज । नेपाली जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशन सेप्टेम्बर २४ शनिबार हुने भएको छ । सो अधिवेशनका लागि अतिथिको रुपमा नेकपा (माओवादी) का स्थायी समिति सदस्य तथा प्रवक्ता ‘प्रकाण्ड’ र स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला जापान पुगेका छन् । नेकपा (माओवादी) निकट नेपाली जनप्रगतिशील समाज जापानको अधिवेशनका लागि नेकपा (माओवादी) का स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड र स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला ‘कञ्चन’ शुक्रवार विहान ७ बजे हानेदा एअरपोर्ट पुग्दा समाजका सदस्यहरुले स्वागत गरेका थिए ।
भोलि हुने अधिवेशनको सम्पूर्ण तयारी सकिएको जानकारी साथै नेपालबाट आमन्त्रित नेताहरु र पत्रकार बीच अन्तरक्रिया कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ जापान शाखाले गरेको छ । सो कार्यक्रम टोकियो रोधी क्लवमा ३ बजेवाट हुने महासंघले जनाएको छ । अधिवेशनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सेप्टेम्वर २४ तारिख शनिवार ३ बजेबाट सुरु हुने समाजले जनाएको छ ।

प्रतिक्रियाहरु