जनप्रगतिशील मोर्चा युरोपद्वारा कंचनपुर घटनाको भर्त्सना

२०७३ चैत्र ४ गते, शुक्रबार

काठमाडौं, ४ चैत । नेकपा निकट जनप्रगतिशील मोर्चा युरोपको बैठक सम्पन्न भएको छ । बैठकले कंचनपुर घटनाको तीव्र रुपमा भर्त्सना गर्दै
नेपालमा दलाल पूँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाका निम्ती नेपाली जनताले गर्ने हरेक आन्दोलनमा पूर्ण एक्यबद्धता जाहेर गर्ने निर्णय गरेको छ । मोर्चाले राजनीतिक, वैचारिक र विविध विषयमा विशेष अन्तरकृया र छलफलसहित १२ मार्चमा संगठनको विस्तारित बैठक सम्पन्न गरेको छ ।
नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष विष्णु भुजेलको अध्यक्षतामा बसेको उक्त विस्तारित बैठक शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेर सुरु भएको थियो । बेल्जियम, जर्मनी, स्पेन, बेलायत, पोर्चुगल लगायतका देशहरुबाट सहभागीता रहेको उक्त बिस्तारित बैठकले नेपालको वर्तमान सन्क्रमणकालीन राजनीतिक अवस्था र नेपालबाहिर बिभिन्न मुलुकमा रहेका नेपालीहरुको समस्यामाथि ब्यापक छलफल गर्‍यो ।
बैठकले फाल्गुण २९ गते कन्चनपुर जिल्ला पुनर्बास नगरपालिका ८ आनन्द बजारमा भारतीय सिमा सुरक्षाबलको गोली प्रहारबाट शहिद भएका गोविन्द गौतमप्रति सम्मान एबम् श्रद्धान्जली ब्यक्त गरेको छ । बैठकले उक्त घटना नेपालमाथी भारतीय साम्राज्यवादको हस्तेक्षेपकारी नीतिको निरन्तरता ठहर गर्दै घोर भर्त्सना गर्नुका साथै साथै नेपालमा दलाल पूँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापनाका निम्ती नेपाली जनताले गर्ने हरेक आन्दोलनमा पूर्ण एेक्यबद्धता जाहेर गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु