जनप्रगतिशील मोर्चा, मलेसियाद्वारा आत्मा राईलाई कारबाही

२०७४ जेष्ठ ९ गते, मंगलवार

काठमाडौं, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा, मलेसियाले आत्मा राईलाई सांस्कृतिक विचलनको कारण देखाउदै साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । जनप्रगतिशील मोर्चाका मलेसिया अध्यक्ष सुमन श्रेष्ठ र महासचिव अर्जुन सुवेदीले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका तत्कालिन उपाध्यक्ष समेत रहेका राईमा सांस्कृतिक विचलन देखिएले कारबाही गरिएको जनाएका छन ।
उक्त विज्ञप्तिमा राईले पार्टी र संगठनको निति विपरित, अनुशासनहीन ढंगका काममा लागेको र त्यसले सिंगो पार्टीलाई नै बद्नाम गराउने भएकाले कारबाही गरिएको जनाइएको छ । उनलाई सुध्रिने मौका पटक पटक दिएको भएपनि राईले आफुमा सुधार नल्याएपछि कार्वाही गर्नु परेको विज्ञप्तिमा जनाइएको छ ।
यस बिषयमा नेपाली जनप्रगतिशील मोर्चा, मलेसियाका अध्यक्ष सुमन श्रेष्ठ र महासचिव अर्जुन सुवेदीले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति :

प्रतिक्रियाहरु