जनप्रगतिशील मोर्चा, दक्षिण कोरियाको महासचिवमा बुढा

२०७६ माघ १४ गते, मंगलवार

काठमाडौँ , १४ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अन्तर्रास्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशील मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन आदर्श मगरको अध्यक्षतामा सौल दोङ्देमुनमा सम्पन्न भएको छ । बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाई कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढामगर सर्वसम्मत चयन हुनुभएको छ भने प्रवक्तामा प्रकाश कार्की चयन भएका छन । शितलबुढा मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ । उक्त कमिटीमा चयन हुनुभएकाहरुको नामावली निम्नानुसार रहेको छ ।
प्रवक्तामा प्रकाश कार्की सदस्यहरुमा आदर्श मगर, प्रकाश चन्द्र रतला, कुबेर न्यौपाने, के वस्नेत, सबराज शाही दिपेश पेप ओली ‘डाइमण्ड’, बिकास ढकाल, गोपाल बुढा मगर, कृष्ण लिम्बु, बिपिन मगर निर्मल ओली ‘विश्वास’, राकेश ओली, शेखर राई र स्पन्धन राई लगायत बैठकबाट ३ जना थप गरिने बताइएको छ । उक्त कमिटी चयन भए पश्चात् निवर्तमान अध्यक्ष आदर्श मगरबाट सपथ ग्रहणको साथै निवर्तमान अध्यक्ष आदर्श मगरलाई संगठनको कुशल नेतृत्व र संगठनप्रतिको त्याग समर्पणको मुल्यांकन गर्दै सम्मान पनि गरिएको छ । निवर्तमान अध्यक्ष आदर्श मगर छिटै स्वदेश फर्किनुपर्ने भएकोले भिसा समस्याका कारण १६ महिना मै विशेष अधिवेशन गर्नुपरेको उक्त कमिटीका प्रवक्ता प्रकाश कार्कीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु